site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली महिला क्रिकेट टिमले मलेसियासँग ट्वान्टी–२० शृंखला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियासँग ट्वान्टी–२० शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नेपाली महिला टिमले मलेसियासँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्ने जनाएको हो । मलेसियामा हुने शृंखला आउँदो मे २९ देखि सुरु हुनेछ ।

नेपाली महिला क्रिकेट टिमले पछिल्लो पटक गत वर्षको वैशाखमा त्रिवि क्रिकेट मैदानमा युगान्डासँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेलेको थियो । त्यसयता हालसम्म कुनै पनि टिमसँग अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेको छैन ।

नेपालले मलेसियासँग मे २९ मा शृंखलाको पहिलो खेल खेल्नेछ । शृंखलाको दोस्रो खेल मे ३० मा, तेस्रो खेल जुन १ मा, चौथो जुन ३ मा र अन्तिम जुन ५ मा खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro