site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप छनोटका लागि नेपालले दक्षिण अफ्रिकामा तयारी गर्ने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) आसन्न एकदिवसीय क्रिकेट विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिमले दक्षिण अफ्रिकामा तयारी गर्ने भएको छ ।

यसै वर्षको जुनदेखि जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको तयारीका लागि नेपाली टिमले दक्षिण अफ्रिका भ्रमण गर्ने तयारी गरिरहेको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दूर्गाराज पाठकले बाह्रखरीलाई बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“खेलेको लामो समय भयो भनेर अहिले टिमले आराम मागेको छ । टिम भोलि बेलुकाबाट प्रशिक्षणमा फर्किन्छ । अनि दक्षिण अफ्रिकाको भ्रमणबारे तयारी सुरु हुनेछ । भ्रमणका लागि टिमको भिसा प्रक्रियाको तयारी हुँदै छ । हामीले त्यहाँ दक्षिण अफ्रिकाको टिमसँग खेल मिलाउन छलफल गरिरहेका छौँ । नभए पनि त्यहाँ स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेल हुनेछ,” पाठकले भने ।

विश्वकप छनोट जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ सम्म हुने तालिका छ । त्यसअघि नेपालले दक्षिण अफ्रिकामा तयारी गर्ने छ । यसै वर्ष भारतमा हुने विश्वकपको छनोटमा १० टिम सहभागी छन् । छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिने छ । प्रत्येक समूहबाट तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । जसको शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् । फाइनल प्रवेश गर्ने सोही दुई टिमले अक्टोबरदेखि नोभेम्बरसम्म भारतमा हुने विश्वकपमा स्थान पक्का गर्ने छन् ।

Global Ime bank

विश्वकपको छनोटमा नेपालसँगै, घरेलु टिम जिम्बाब्वे, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, श्रीलंका, अमेरिका, युनाइटेड अरब इमिरेट्स (यूएई), वेस्ट इन्डिज र आयरल्यान्ड सहभागी हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय