site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रातो मच्छिन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेलतिर तानिने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

कठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आउँदो जेठ ८ गते लगनखेलबाट जावलाखेलतिर तानिने भएको छ । बिहीबार ज्योतिषीले जुराएको शुभसाइतानुसार सो दिन रथ लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो ।

लगनखेलबाट जावलाखेलतर्फ रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइनेमध्येकै सबैभन्दा लामो जात्रा हो ।

रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चतुर्थी (दुई महिना)सम्म चल्छ । मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

Global Ime bank

पुल्चोकमा रथारोहण गरी सुरु भएको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । त्योसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा  समापन हुन्छ ।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको किंवदन्ती छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !