site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र सुधारका नाममा सबै ठाउँमा सर्जरी खोज्न हुँदैन : अर्थमन्त्री महत
फाइल तस्बिर।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका नाममा सबै ठाउँमा सर्जरी खोज्न नहुने बताएका छन् । 

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रि–बजेट छलफलमा बोल्दै मन्त्री महतले धेरै सर्जरी खोज्न नहुने बताएका हुन् ।

“अहिले अर्थतन्त्र सुधारको लागि सर्जरी नै खोजिएको छ । तर, एकैपटक सर्जरी गर्दा समस्या आउन सक्छ,” उनले भने, “प्राथमिकताका आधारमा काम गरे समस्या कम हुन्छ । हामीले त्यो कुरालाई ध्यान दिनुपर्छ । सबै ठाउँमा सर्जरी गर्न हुँदैन ।”

त्यस्तै, व्यवसाय गर्न असहज हुने कानुन सहज बनाउन सरकार सकारात्मक भएको पनि उनले बताए । वित्त नीति र मौद्रिक नीतिबाट व्यवसायीका समस्याको समाधान गर्न खोज्ने उनले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro