site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी अस्पतालमा जन्मिए छाती जोडिएका जुम्ल्याहा

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरस्थित कोसी अस्पतालमा शरीर जोडिएका शिशु जन्मिएका छन् ।

अस्पताल प्रशासनका अनुसार सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगतले शरीरको अघिल्लो भाग जोडिएका जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । 

नवजात शिशुको तौल साढे तीन केजी छ । शिशुको छाती जोडिएको छ । टाउको, पेटदेखि मुनिको भाग भने अलग छन् । दुवै शिशुको टाउको, आँखा, नाक, मुख, कान, हातखुट्टा जोडिएका छैनन् ।

Dabur Nepal
NIC Asia

Bhagat1683632934.jpg

सुत्केरी व्यथाले च्यापेपछि भगतलाई छिमेकी राधादेवी मण्डलले कोसी अस्पताल ल्याएकी थिइन् । भगतका श्रीमान मिठाइ बनाउने काम गर्ने आनन्द भगत चौधरी सिरहाको लहानमा डेरा गरी बस्छन् ।

भगतको घरमा दुई सन्तान छन् । शरीर जोडिएको शिशु जन्म दिएपछि उनलाई चिकित्सकको निगरानीमा प्रसूति वार्डमा राखेर अस्पतालले नै उपचार गरिरहेको कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले जानकारी दिए ।

सिंहका अनुसार शल्यक्रियामार्फत प्रसूति गराएर शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्माइएको थियो । पाँच दिन भइसक्दा समेत परिवारका सदस्य र आफन्त सम्पर्कमा नआएको डा. सिंहले बताए ।

“अस्पतालमा प्रसूति गराउन ल्याइदिने महिलाले पनि छाडेर फर्किएको पाइयो,” उनले भने । अस्पतालले आफ्नै खर्चबाट सुत्केरी र जुम्ल्याहा शिशुको हेरचाह, स्याहार एवं उपचार गरिरहेको सिंहले सुनाए ।

यही वैशाख २१ गते बिहीबार बिहान ११ बजे भगत अस्पतालमा भर्ना भएकी थिइन् । कोसी अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अन्जु देवको नेतृत्वमा डा. मधुमीता राभा, डा. प्रकृति आचार्य र एनेस्थेसिया डा. राजकुमार यादवसहितको चिकित्सक टोलीले शल्यक्रिया गरी शिशु निकालेका थिए । 

डा. देवका अनुसार भिडियो एक्स–रे गर्दा गर्भमै शरीर जोडिएका शिशु रहेको देखिएको थियो । शरीर जोडिएको जुम्ल्याहा जन्मनुलाई चिकित्सकीय भाषामा ‘कन्जोइन्ट ट्विन्स’ भनिन्छ ।

एउटा भ्रुण आधाआधा भइदिएमा दुईवटा बच्चा जन्मिने सम्भावना हुने र त्यो अलग वा जोडिएर समेत जन्मन सक्ने उनले बताइन् । भनिन्, “कोसी अस्पतालमा शरीर जोडिएका शिशु अलग गर्ने सुविधा छैन । धेरै परीक्षण गरेर मात्र शरीरको भित्री अंगको अवस्था हेरेर मात्र अलग गर्न सकिन्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro