site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विजय दिवसमा ‘रेड स्क्वायर’बाट पुटिनको भाषण : सभ्यता निर्णायक मोडमा छ

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय दिवसका अवसरमा रेड स्क्वायरमा आयोजित परेडमा भाषण गरेका छन् । सन् १९४५ मा नाजी जर्मनीमाथि सोभियत संघले निकालेको जितको सम्झनामा मे ९ मा विजय दिवस (भिक्ट्री डे) मनाइन्छ ।

सन् १९४५ मा तत्कालीन सोभियत गणतन्त्रहरुमा पहिलोपटक यो भिक्ट्री डे मनाइएको थियो । युक्रेनमाथि जारी युद्धले दबाब बढ्दै गइरहेका बेला पुटिनले दिवसका अवसरमा प्रत्येक वर्ष हुने सैन्य परेडका क्रममा भाषण गरेका हुन् ।

पुटिनले वास्तविक युद्ध अहिले लडिरहेको र रूसले युक्रेनमा आफ्नो सार्वभौमसत्ताको रक्षा गरिरहेको भन्दै भाषण सुरु गरेका थिए । उनले विश्व परिवर्तनको बिन्दुमा रहेको भन्दै रूसी “सभ्यता फेरि निर्णायक मोडमा” रहेको भनेका छन् ।

“हाम्रो मातृभूमिविरुद्ध लडाइँ चर्किएको छ,” रूसलाई विजयीको आह्वान गर्दै उनले भने, “रूसको लागि, हाम्रो सशस्त्र सेनाको लागि, विजयको लागि हुर्रा ।”

आजकै दिन युक्रेनले भने बाँकी युरोपसँग मिलेर यस क्षेत्रको शान्ति र एकताको उत्सवका रुपमा युरोप दिवस (युरोप डे) मनाइरहेको छ । युरोप दिवसको पहिलो मान्यता सन् १९६४ मा काउन्सिल अफ युरोपले दिएको थियो ।

केही दिनअघि पुटिनलक्षित ड्रोन आक्रमण भएपछि मस्कोमा चिन्ता बढेको छ । क्रेमलिनले त्यसको आरोप लगाए पनि किभले अस्वीकार गरेको छ । रूसले आइतबार राति युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro