site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यवसायीको मनोबल वृद्धिका लागि निरन्तर सहकार्य रहनेछ : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग र सहकार्य गर्ने विश्वास दिलाएका छन् । सोमबार फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका पदाधिकारीसँगको भेटमा मन्त्री रिजालले यस्तो विश्वास दिलाएका हुन् ।

उचित नीतिको अभावमा फर्निचर तथा फर्निसिङ व्यवसाय विस्तार हुन नसकेको भन्दै महासंघ पदाधिकारीले मन्त्री रिजालसमक्ष समस्या समाधानका लागि आग्रह गरेका थिए । उद्योग स्थापना एवं दर्ता प्रक्रिया झन्झटिलो भएको भन्दै यसलाई सहज बनाउन व्यवसायीले माग गरेका थिए ।

Dabur Nepal
NIC Asia

एकातिर नयाँ उद्योग स्थापना गर्ने स्थानको अभाव र अर्कोतिर कतिपय उद्योग सञ्चालनमा नरहेर पनि स्थान ओगटिरहेको भन्दै मन्त्री रिजालको ध्यानाकर्षण गराइएको थियो । उद्योगको नाममा तयारी समान प्रदर्शन कक्षका रूपमा केही स्थान उपयोग भइरहेको भन्दै त्यस्ता क्रियाकलापविरुद्ध अनुगमन गर्न मन्त्री रिजाललाई आग्रह गरिएको थियो ।

फर्निचर तथा फर्निसिङ व्यवसाय क्षेत्र असुरक्षित रहेको भन्दै उनीहरूले क्रेडिट कानुन समेत समेट्ने गरी व्यावसायिक सुरक्षा ऐनको तर्जुमा गर्नु जरुरी रहेको औँल्याए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro