site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनमा सांसद कार्कीको प्रश्न : भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ?
फाइल तस्बिर।

काठमाडौं । प्रनिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन् । 

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नक्कली शरणार्थी प्रकरणमा सार्वजनिक ‘टेप काण्ड’को अनुसन्धान गर्न माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो भन्ने हल्ला चलाइएको भन्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

“एक माननीय महिला सांसदले भन्नुभयो– टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनपर्याे,” उनले भनिन्, “भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ?”

यसअघि, नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आइतबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारका विभिन्न विषयमा आफ्नो नाम जोडिएको तर आफूले कुनै गल्ती नगरेकाले नडराउने बताएकी थिइन् । उनले भनेकी थिइन्, “नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने उनीहरूले भनेको मात्र गर्नुपर्ने । जति विरोध गरे पनि मैले बिराएको छैन, म डराउँदिनँ ।”

उनले भ्रष्टाचारमात्र नभएर चिनारी फेरेर राष्ट्रघात र अपराध भएको भन्दै कारबाही हुनुपर्ने बताइन् । सम्पूर्ण सांसदको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गर्न माग पनि गरिन् ।

“सम्पत्ति सार्वजनिक गर्ने कुरा पनि उठ्यो । हामी सबैले यो सदनलाई सम्पत्ति विवरण बुझाइसकेका छौँ,” उनले भनिन्, “आजै, तत्कालै वेबसाइटमार्फत सम्पत्ति सार्वजनिक गरियोस् । करसहितको स्रोत पनि खोज्न दिइयोस् ।”

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजानेलाई सरकारले नै जोगाउन खोजेको समेत उनले बताइन् ।

“नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजानेमा देशका ठूला–ठूला निकाय र नेताहरू संग्लन भएको कुरा बाहिर आइरहेको छ,” उनले भनिन् “प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको छ ।”

उनले अन्तर्राष्ट्रियस्तरमा राज्यलाई दलाल स्थापित गर्न खोजेको आरोप समेत लगाइन् ।

“एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि यो देश डुबाइरहने । अन्तर्राष्ट्रिय जगतमा राज्यलाई नै दलाल स्थापित गर्ने, के मुख लिएर अनुदान माग्न जाने ?,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro