अर्थ व्यवसाय

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनका कारण अहिले आर्थिक मन्दी आएको बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि सोमबारको प्रि–बजेट छलफलमा उनले गठबन्धन सरकारले अर्थतन्त्रमा आएको मन्दीलाई लुकाउन खोजेको बताए ।
“आर्थिक सूचकका दृष्टिकोणले हामी नकारात्मक अवस्थामा छौं । हामी आर्थिक मन्दीमा छौं । तर, गठबन्धन सरकार यसलाई स्वीकार्न मान्दैन । आर्थिक मन्दीलाई छोप्न खोजिएको छ,” उनले भने “सरकारबाट नै मन्दी भयो भनेर स्पष्ट भन्न सकिएको छैन । हामीले महाभूकम्पका समयमा, नाकाबन्दीको समयमा र कोभिडको समयमा पनि हामीले यसलाई सन्तुलनमा ल्याएका थियौं ।”
अहिले निजी क्षेत्र अत्यधिक त्रासमा बाँचिरहेको पनि उनले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १२:५३
प्रतिक्रिया दिनुहोस्