बाह्रखरी फोटो
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आज बिहान ललितपुरको इटिटोल पुर्याएको छ । महिलाको समूहले रथ तानेर त्यहाँ पुर्याइएको हो ।
ललितपुरकै पुल्चोकबाट सुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्रा अब केही समय इटिटोलमा नै राखिनेछ ।
इटिटोलबाट साइत जुराएर रथ जावलाखेल लगिने गरिन्छ । त्यहाँ रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि जात्रा सम्पन्न हुने परम्परा छ ।
रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवताका रूपमा पुजिने गरिन्छ । रातो मच्छिन्द्रनाथलाई नेवार समुदायका हिन्दु र बौद्धमार्गी दुवैले उत्तिकै मान्ने गर्छन् ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १०:२१
प्रतिक्रिया दिनुहोस्