site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र टिम अफिसियललार्ई जनही तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय पनि गरेको हो ।
 
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आजको बैठकले पाँचवटा निर्णय गरेको छ ।  

यी हुन् निर्णय :– 

Prabhu Bank
Agni Group
NIC Asia

१. वैशाख २४ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

२.एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र टिम अफिसियललाई जनही तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने ।

Global Ime bank

३.कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने । 

४.कोसीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने ।

५.विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement