site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फ्रान्सको रुस यात्रा पक्का, नेदरल्याण्ड बाहिरियो 

एजेन्सी । फ्रान्सले आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेको छ । युरोपियन क्षेत्रको छनोट अन्तर्गत मंगलबार राति बेलारुसलाई २–१ ले पराजित गर्दै समूह ए बाट फ्रान्सले विश्वकप यात्रा तय गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रिजम्यान र ओलिभर जेरुडले समान एक एक गोल गरे । बेलारुसका लागि एन्टोन सारोकाले एक गोल फर्काए । खेलमा तीनै गोल पहीलो हाफमा भएको थियो ।

खेलको २७ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा जेरुडले फ्रान्सको अग्रता दोब्बर बनाए । तर, ४४ औं मिनेटमा बेलारुसका सारोकाले एक गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २ – १ को अग्रता बनायो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र खेल फ्रान्सले जित्दै विश्वकपमा स्थान पक्का गर्यो ।

यो जितपछि फ्रान्सले १० खेलबाट २३ अंक जोड्न सफं भयो । यो समूहबाट स्विडेनले प्ले अफमा स्थान बनायो । मंगलबार राति नेदरल्याण्डसँग २ – ० ले पराजित भएपनि स्विडेनले दोस्रो स्थानमा रहदै प्ले अफमा स्थान बनाएको हो । दुवैको समान १९ – १९ अंक भएपनि स्विडेन गोल अन्तरमा अघि रहेको छ । नेदरल्याण्ड भने विश्वकपबाट बाहिरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  ०७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro