site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्य प्रशिक्षक ग्यासपेरिनी– उपाधि जित्न टोली आत्मविश्वासी बन्नुपर्छ

काठमाडौं । इटालियन क्लब एटलान्टाका मुख्य प्रशिक्षक जियान पाइरो ग्यासपेरिनीले सिरी ‘ए’ को उपाधि जित्न टोली आत्मविश्वासी बन्नुपर्ने बताएका छन् ।

आइतबार सिरी‘ए’ को लिगअन्तर्गत युभेन्ट्सलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएपछि प्रशिक्षक ग्यासपेरिनीले आफ्नो टिम आत्मविश्वासी बने उपाधि जित्न सक्ने बताएका हुन् । सिरी ‘ए’ को खेलमा आइतबार राति भएको खेलमा एटलान्टाले युभेन्टसविरुद्ध उसैको मैदानमा ४–० को सानदार जित निकालेको थियो ।

“हामीले सपना देख्न छाड्नुहुँदैन । कुनै कुरा हामीलाई असम्भव लाग्न सक्छ, तर आत्मविश्वसी बन्यौँ भने सबै कुरा पाउन सकिन्छ,” खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, “हामीलाई थाहा छ इन्टर मिलान र नेपोली उत्कृष्ट टोली हुन् । तर, आजको जितले हाम्रो स्तर बताउँछ ।”

यो जितसँगै ५८ अंकसहित एटलान्टा तेस्रो स्थानमा उक्लिएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro