site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्लानिङ ब्वाइज र ब्रिगेड क्लब विजयी

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लब र ब्रिगेड ब्वाइजले श्री कुमारी क्लबलाई पराजित गरेको हो ।

पहिलो खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २–१ ले पराजित गरेको हो । प्लानिङ ब्वाइजको जितमा फागुराम थारु र सुजन डंगोलले गोल गरे भने झापाका पुजन राईले एक गोल गरे ।  जितसँगै प्लानिङ ब्वाइजले तीन अंक जोडेको छ ।

त्यस्तै, दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले श्री कुमारी क्लबलाई २–१ ले पराजित गरेको छ । ब्रिगेड ब्वाइजका लागि दुवै गोल आशिष गुरुङले गरेका थिए । कुमारीका तर्फबाट एक मात्र गोल प्रणय गुरुङले गरे ।

लिगमा देशभरका १४ क्लबले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख पाउनेछन् । तेस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।  

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro