site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मौद्रिक नीति खुकुलो गर्न अब ढिलाइ गर्नुहुन्न : अर्थमन्त्री महत
Sarbottam CementSarbottam Cement

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको मूलभूत समस्या भनेको यसमा आएको शिथिलता भएको बताएका छन् । यसको महत्वपूर्ण नीतिगत दुई पाटो मौद्रिक र वित्त नीति भएको भन्दै उनले मौद्रिक नीति खुकुलो गर्न अब ढिलाइ गर्नु नहुने बताए ।

अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा बिहीबार विराटनगरमा भएको कार्यक्रममा अर्थमन्त्री महतले भने, “मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकसँग छ । एउटा परिवेशमा मौद्रिक नीति टाइट गरेको थियो । अब औपचारिक र अनौपचारिक रुपमा पनि बैंकको नेतृत्वलाई भनिसकेको छु । के नीतिगत निर्णय लिनुपर्छ । गम्भीरतासाथ हेरेका छौँ र निर्णयमा पुग्ने विश्वास दिलाइएको छ ।” उनले राजश्व र खर्चको विषयमा सम्बोधन गर्दै जाने गम्भीरता सरकारसँग भएको बताए ।

ब्याजदरले समस्या सिर्जना गरेको भन्दै अब विस्तारै सहजतातिर जानुपर्ने मन्त्री महतको भनाइ थियो । “अरु मौद्रिक नीतिका टुल्सका कारण पनि पुँजी प्रवाह हुन सकेको छैन । मौद्रिक नीतिमार्फत पनि पूँजी प्रवाह गर्न जरुरी छ । वित्त नीतिको नेतृत्व मैले गर्छु यसलाई पनि देश सुहाउँदो ढंगले बजेटमार्फत अब कसरी अघि बढाउने भन्ने तयारी सरकारको रहेको छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थमन्त्री महतले ठेक्का प्रणालीमा समस्या देखिएको, साइट क्लियरेन्समा समस्या हुने गरेको र ठेक्का लागेपछि पनि काम अघि नबढ्ने अवस्थालाई परिवर्तन गर्नुपर्ने बताए । उनले भने, “साइट क्लियरेन्स नहुँदा वैदेशिक र स्वदेशी लगानीका योजनामा पनि पूँजीगत समस्या छ ।”

उनले यस्ता विषयलाई मध्यनजर राखेर बजेट कार्यान्वयनमा जानासाथ ठेक्कासम्बन्धी काम पहिलो दिनबाटै गर्ने वातावरण बनाउने सरकारको तयारी रहेको सुनाए ।

Global Ime bank

अर्थतन्त्रमा देखिएका समस्या र अवरोधहरु तथा शिथिलतालाई हटाउन इमान्दार प्रयास हुने बताए । भने, “अर्थतन्त्र गाडी चलेको जस्तै हो । इन्जिनमात्र चलेर हुन्न । स्टेरिंग वा ब्रेकमात्र ठिक भएर हुन्न । सबै पूर्जाहरु चल्नुपर्छ । सबैले एकसाथ आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । देश चलाउने भनेको कुरा पनि सम्पूर्ण संयन्त्रले एकाकार भएर जिम्मेवारी पूरा गरे सुधार हुन्छ । सरकारीतन्त्रमा राज्यसंयन्त्रमा समस्या छन् । तिनलाई पहिचान गर्न र स्वीकार गर्न हिच्कीचाहट छैन । यिनलाई हटाउन सुरुवात गर्नुपर्छ ।”

अर्थमन्त्रीले ०४६ को परिवर्तनपछि देशमा धेरै कुरा राम्रो भएको दाबी गरे । सामाजिक सञ्जालको जमानामा संसार हातहातमै मोबाइलमा हेर्न सकिने भन्दै उनले आफूहरु कुन बेसबाट अघि बढेको हो त्यो पनि हेर्नुपर्ने बताए ।

“अरु देशमा भइसक्यो नेपालमा किन भएन ? त्यस्तै रिजल्ट किन आएन ? राजनीतिक नेतृत्वले किन दिएन भन्ने प्रश्न छ । ठूलै चुनौती छ । हामीले साधन स्रोतको सीमितताका कारण पनि समस्यामा छौं । तर सबैको सहयोगबाट देश बनाउन सकिन्छ,” उनले भने, “नेपाली हामीहरु निजी, राजनीतिक, कर्मचारीतन्त्र जे हुन जुन ठाउँमा रहे पनि हरेक विषयमा आफ्नो विज्ञता दिन्छौँ ।”

साधारण खर्चको आकार बढाउने तर पूँजीगत खर्च घटाउने भन्ने नहुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC