site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोसीका उद्योगी भन्छन्– औद्योगिक क्षेत्रका समस्या समाधान हुने बजेट आओस्
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेशका उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र जनताले महसुस गर्न सक्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा बिहीबार कोसी प्रदेशको राजधानी विराटनगरमा आयोजित प्रदेशस्तरीय पूर्वबजेट छलफल तथा अन्तर्क्रिया कार्यक्रमका सहभागी उद्योगीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिएका हुन् । 

अर्थमन्त्री डा. प्रकाशशरण महत सहभागी कार्यक्रममा उद्योगीले प्रदेशमा औद्योगिक क्षेत्रलाई उकास्न सक्ने अधुरा भौतिक पूर्वाधारको विषयसमेत उठाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले विराटनगरमा अति आवश्यक भौतिक पूर्वाधार निर्माण र अधुरा काम पूरा गर्न सरकार गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराए । विराटनगर–भारतको बथनाहा रेल्वे कार्य सुरु भएको १८ वर्ष बित्न लाग्दासमेत पूरा नहुँदा औद्योगिक क्षेत्रमा निरासा छाएको प्याकुरेलले बताए ।

Suyash Pyakurel1682575992.jpg

Global Ime bank

“विराटनगर–बथनाहा रेल्वे १८ वर्ष पहिले साढे १८ किलोमिटर रेल्वे निर्माणको लागि काम सुरु भएको थियो । तर, त्यो कटहरी गाउँपालिकामा मुआब्जासम्बन्धी विवादले काम अघि बढ्न सकेन । सञ्चालन गर्न भारतीय पक्ष तयार भए पनि नेपाल जागरुक हुन नसक्दा काम अघि बढ्न सकेन,” प्याकुरेलले भने, “सरकार औद्योगिक क्षेत्रको समस्या समाधान गर्न जवाफदेही हुनुपर्छ ।” उनले विराटनगर किमाथांका जोड्ने सडकको कामलाई गति दिइनुपर्ने बताए ।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवालले भारतसँगको खुला सिमानाका कारण हुने चोरी पैठारीबाट व्यापार व्यवसायमा ठूलो असर पुगेको भन्दै यसको नियन्त्रणमा सरकार गम्भीर भएर लाग्नुपर्ने सुझाव दिए । “खुला सिमानाका कारण हुने चोरी पैठारीले व्यापार गर्ने अवस्था झन् कम भएको छ,” अग्रवालले भने ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको गलत नीतिका कारण तरलता अभाव हुँदा औद्योगिक तथा व्यापारिक क्षेत्र संकटग्रस्त भएको बताए । रिजालले भने, “औद्योगिक क्षेत्रका समस्याबारे सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ भएन ।”

रिजालले निकासी गर्दा कच्चापदार्थमा लाग्ने अन्तःशुल्क फिर्ता हुनुपर्ने, भन्सारमा लागिएका सन्दर्भ मूल्य सूचीलाई ६ महिनामा परिवर्तन गर्नुको साटो समय सान्दर्भिक रुपमा परिवर्तन गरिनुपर्ने सुझाव दिए ।

रिजालले चाँदी उद्योगलाई पाँच सयदेखि हजार केजीसम्म आयात गर्ने प्रावधान राख्नुपर्ने, पुरानो कवाडीजन्य वस्तु आयातका विषयमा समेत ध्यान दिनुपर्ने, सुनसरी अमडुवामा अन्तर्राष्ट्रिय औद्योगिक ग्राम निर्माण गर्न बजेटको व्यवस्था गर्न, औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न बजेट सुनिश्चित हुनुपर्ने, चक्रपथलाई बजेट सुनिश्चित गर्नुपर्नेलगायत सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश सदस्य देवकीनन्दन अग्रवालले अवैध आयात रोक्न सके राजश्वसम्बन्धी समस्यासमेत समाधान हुने बताए । 

नेपाल उद्योग परिसंघ कोसी प्रदेशका अध्यक्ष भीम घिमिरेले मुलुकलाई आत्मनिर्भर बनाउन कृषि आधुनिकीकरण गर्नुपर्ने भन्दै बाँझो खेत नराख्ने नीति ल्याउनु पर्ने सुझाव दिए । 

उनले भने, “पर्यटनको पनि उत्तिकै सम्भावना छ । त्यसै बसेका जमिन लिजमा दिएर त्यहाँ ठूला तारे होटेल सञ्चालन गरेर पर्यटक बसाइँको वातावरण बनाउन सकिन्छ । आत्मनिर्भर उद्योगलाई सरकारले प्रोत्साहन दिनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC