site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रातो मच्छिन्द्रनाथको दर्शन गर्नेको भीड
फाइल तस्बिर

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई तानेर गाःबहाल पुर्याइएको छ । रथलाई पुल्चोकबाट तानेर मंगलवार गाःबहाल पुर्याइएको हो । आज गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदै छ । 

सोमवारबाट रथ यात्रा सुरु भएको थियो । तर, सोही दिन गाःबहाल पुर्याउनुपर्ने भए पनि मंगलवारमात्रै गाःबहाल पुर्याइएको हो । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ । 

मच्छिन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् । जावलाखेल पुर्याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ । हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ । यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । 

ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिन सोमबारबाट रथयात्रा सुरु गरिएको हो । आज बुधबार बिहानै गाःबहालमा रातो मच्छिन्द्रनाथको दर्शन र पूजा गर्ने दर्शनार्थीको भीड रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro