site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहाडी भू–भागमा वर्षा र कोसी प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले आज राति कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको तथा मेघगर्जन र चट्याङसहित हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro