site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell
Dabur Nepal
NIC Asia

बेनी, म्याग्दी (रासस)। माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता भएका छन् । 
म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीय सिमन पुन बेनपा–४ तातोपानीको फापरखेत पहिरोनजिक माछा मार्ने क्रममा आइतबार खोलाले बगाएर बेपत्ता भएका हुन् ।
सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययनरत पुनसँगै खोलाले बगाएका अर्का बालक पौडी खेलेर बाहिर आएको स्थानीयवासी केशव कँडेलले जानकारी दिए ।
बेपत्ता बालकको खोजीकार्य भइरहेको छ । बिदाको समयमा खोलामा पुगेका पुन खोलामा बेपत्ता भएलगत्तै तातोपानी आसपासका स्थानीयवासी, आफन्त र प्रहरीले खोजीकार्य शुरु गरेका छन् । 
दशैँ तिहारको अवसरमा सामुदायिक तथा निजी विद्यालय बन्द भएको मौका छोपी बालबालिका खोलामा पुग्ने गरेकाले अभिभावकलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ । म्याग्दी र कालीखोलाको सतह घटेको छैन ।
प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बिदामा बालबालिकालाई अभिभावकको निगरानीमा राख्नुपर्ने र खोला तथा जोखिमपूर्ण स्थानमा देखेलगत्तै सबैले चासो देखाउनुपर्ने बताए ।
म्याग्दी र कालीगण्डकीमा करेन्ट, बल्छी र जालको माध्यमबाट माछा मार्न कलिला बालबालिकादेखि पाका मान्छे जाने गरेका छन् । बजारमा माछाको माग धेरै हुने भएकाले पनि तातोपानीलगायत आसपासका क्षेत्रमा व्यावसायिकरुपमै माछा मार्ने  गरिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro