अर्थ व्यवसाय
काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सोमबार भ्रष्टाचार मुद्दामा विशेष अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
उनीमाथि गैरकानूनी रूपमा १८ करोड ६६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।
उनीविरुद्ध अख्तियारले ०७५ पुसमा मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० २०:५१
प्रतिक्रिया दिनुहोस्