site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चिया दिवसको कार्यक्रम काठमाडौंमा गरिएकामा मन्त्रीको आपत्ति
फाइल तस्बिर ।

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डले आफ्नो उद्देश्यानुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । २८औँ राष्ट्रिय चिया दिवसको अवसर पारेर शनिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो असन्तुष्टि जनाएकी हुन् ।

भत्ता र सरुवा, बढुवाको माग गर्ने बोर्डले मुलुकको निर्यात व्यापारलाई बढावा दिने गरी चिया तथा कफीको गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताइन् । ६० हजारभन्दा बढी मानिसलाई रोजगारी दिने चिया तथा कफी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिन सक्ने भएकाले सोहीअनुसार काम गर्नुपर्ने उनले औँल्याइन् ।

उनले राष्ट्रिय चिया दिवस चिया बगानमा नै मनाउन आवश्यक रहेकामा जोड दिइन् । मन्त्री साहले काठमाडौंको हलमा कार्यक्रम आयोजना गरिएकामा पनि असन्तुष्टि व्यक्त गरिन् । इलाम वा झापाको चिया बगानमा सो कार्यक्रम आयोजना गरेको भए धेरै राम्रो हुने उनको भनाइ थियो ।

“आज यो कार्यक्रम एउटा हलमा सीमित छ । मलाई पनि कताकता खुल्दुली लागिरहेको छ, यो कार्यक्रम इलामको कुनै बगानमा गर्नुपर्थ्यो । अथवा, झापाको कुनै बगानमा गर्नुपर्दथ्यो,” उनले भनिन्, “चिया बगानमा गर्दा अझ बेटर हुन्थ्यो कि भन्ने मलाई लागेको छ ।”

मन्त्री साहले देशलाई समृद्ध बनाउन कृषि क्षेत्रले महत्त्वपूर्ण योगदान दिने भएकाले त्यसमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरिन् ।

कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशन डा. दीपक खनालले इलाममा उपनिर्वाचन भएको र त्यसको प्रभाव झापा, पाँचथरलगायत जिल्लाहरूमा पनि पर्ने उल्लेख गरे । सोही कारण यसपटक सो क्षेत्रमा गएर राष्ट्रिय चिया दिवस मनाउन नसकिएको उनले स्पष्टीकरण दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro