site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेन्छियाम हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज (वैशाख ४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ बिक्री तथा बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँबराबरका १६ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । जारी पुँजीको १० प्रतिशत अर्थात् पाँच करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँबराबरका पाँच लाख ४२ हजार ५८३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्ट्याएकामा पाँच लाख पाँच हजार ७८० कित्ता सेयर मात्र वितरण भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कम्पनीले एक लाख आठ हजार ५१७ कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले दुई प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी नौ लाख ३४ हजार ९१५ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

आईपीओको बिक्री यही वैशाख ७ गते बन्द हुनेछ । उक्त अवधिसम्म मागानुसार आवेदन नपरे वैशाख १९ गतेसम्म आवेदन मिति लम्बिने जनाइएको छ । लगानीकर्ताले आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

Global Ime bank

यो आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै, मेरोसेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल ‘बी’ इस्युअर रेटिङ प्रदान गरेको छ ।

आयोजना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन गरिरहेको यो कम्पनी सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरणानुसार कम्पनी आठ करोड ५६ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।

वास्तविक वित्तीय विवरणानुसार दुई रुपैयाँ ७० पैसा प्रतिसेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ४५ पैसा छ । चालु आर्थिक वर्ष ०७९/० सम्म सञ्चित नोक्सानी १० करोड ७२ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC