site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भरतपुर महानगरको बेरुजु सबैभन्दा कम

चितवन । देशका अरू पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाको बेरुजु निकै कम रहेको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा ६ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरुजु अरू महानगरपालिकाको भन्दा कम थियो ।

आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु ०.०८ प्रतिशत छ । पेस्कीबाहेकको यो बेरुजु सबैभन्दा बढी वीरगन्जको ७.९४ प्रतिशत, काठमाडौंको १.४५ प्रतिशत, विराटनगरको ३.५८ प्रतिशत, ललितपुरको २.२२ प्रतिशत र पोखराको ५ प्रतिशत रहेको छ । पेस्कीबाहेक बेरुजुमा अघिल्लो वर्ष भरतपुरको ०.२५ प्रतिशत थियो ।

लेखापरीक्षणको तुलनामा बेरुजु प्रतिशत भरतपुरको ०.०९ प्रतिशत छ । सबैभन्दा बढी वीरगन्जको ९.१२ प्रतिशत छ । विराटनगरको ३.९२, काठमाडौंको २.६०, ललितपुरको ७.०४ र पोखराको ५.५४ प्रतिशत छ ।

आर्थिक वर्ष २०७७/७८ मा भरतपुरको बेरुजु ०.५६ प्रतिशत थियो । सो आर्थिक वर्षमा पनि भरतपुरको बेरुजु सबैभन्दा कम थियो । त्यो वर्ष विराटनगरको सबैभन्दा बढी १७.५७ प्रतिशत, वीरगन्जको ९.८० प्रतिशत, ललितपुरको ८.०६ प्रतिशत, काठमाडौंको ५.४० प्रतिशत र पोखराको ५.३५ प्रतिशत थियो ।

प्रतिवेदनमा उल्लेख भएअनुसार बेरुजुमध्ये पेस्कीसहितको बेरुजु रकम विराटनगरको २२ करोड ९५ लाख, वीरगन्जको ६७ करोड ७८ लाख, काठमाडौंको ६६ करोड १९ लाख, ललितपुरको ६१ करोड ९० लाख र पोखराको ७० करोड ६५ लाख रुपैयाँ छ । भरतपुरको ६६ लाख रुपैयाँ मात्र छ ।

गत वर्ष विराटनगर महानगरपालिकाको लेखापरीक्षणको रकम पाँच अर्ब ८५ करोड ३३ लाख, वीरगन्जको सात अर्ब ४३ करोड ४९ लाख, काठमाडौंको २५ अर्ब ४१ करोड ८८ लाख, ललितपुरको आठ अर्ब ७९ करोड ७९ लाख, भरतपुरको ६ अर्ब ९६ करोड २६ लाख र पोखराको १२ अर्ब ७४ करोड ७५ लाख थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताइन् । ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेस्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छ्योटमा विशेष जोड दिएकै कारण अरू महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम भएको उनले बताइन् । गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको दाहालले जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्योटका लागि अभियान नै सञ्चालन गरिरहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro