site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ वर्षमा ‘फोन पे’ गर्दा स्कुटर र सुन उपहार जित्न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक फोन पेले नयाँ वर्षको उपलक्ष्यमा ‘फोन पे गर्ने हो, क्यूआरमा उपहार जित्ने हो’ योजना ल्याएको छ ।

चैत २९ देखि आगामी वैशाख ५ गतेसम्म लागु हुने योजनामा नेपालभरका फोन पे प्रयोगकर्ता सहभागी भई एक तोला सुन र स्कुटर प्राप्त गर्न सक्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यो अफरको योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोन पेको क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् । यस्तै, भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत एक तोला सुन जित्न सक्ने कम्पनीले जनाएको छ ।

फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यो अफर सार्वजनिक गर्दै भनेका छन्, “फोन पेको नेपालमा डिजिटल भुक्तानी प्रबर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्यूआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप ‘फोन पे गर्ने हो’ अभियान ल्याइएको हो ।” 

Global Ime bank

यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गरेको उनको भनाइ छ । ‘नगद छोडौँ, फोनपे गरौँ’ ट्यागलाइनको साथ फोन पेले नगदको झञ्झटलाई हटाउन डिजिटल भुक्तानी प्रणाली सुरु गरेको बताएको छ ।

फोन पेमा हाल ११ लाख भन्दा धेरै व्यवसायी (क्यूआर मर्चेन्ट) आबद्ध रहेका छन् । फोन पे नेटवर्कमार्फत हाल दैनिक करिब पाँच अर्ब बराबरको कारोबार हुँदै आएको कम्पनीले जनाएको छ ।

फोन पेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध रहेको कम्पनीको भनाइ छ । एक करोड  ७० लाख भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्समार्फत फोन पेले सेवा दिइरहेको छ । फोन पेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगेको कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC