site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य 

काठमाडौं । घरेलु टिम नेपालविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रनको योगफल खडा गरेको हो ।

Dabur Nepal
NIC Asia

वेस्ट इन्डिजका एन्ड्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बलमा तीन चौका प्रहार गरे । कप्तान रोस्टन चेजले २३, ओपनर जोन्सन चार्ल्सले ११ र केसी कार्टीले १० रन थपे ।

नवौँ नम्बरमा ब्याटिङमा आएका बुडाकेस मोटीले आठ बलमा दुई चौका र चार छक्कासहित अविजित ३३ रन बनाएपछि वेस्ट इन्डिजले १५० रन कटाएको हो ।

नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।

नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

नेपाली टिममा आज लोकेश बम, सोमपाल कामी, आरिफ सेख, सागर ढकाल आकाश चन्दले प्लेइङ–११ मा मौका पाएका छन् । उनीहरूले विवेक यादव, कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी र अभिनाश बोहराको स्थानमा मौका पाएका हुन् ।

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्ने तालिका छ । ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । आजको खेलपछि शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro