site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्सको जितमा एकेको दुई गोल

काठमाडौं । म्यानचेस्टर सिटीका रक्षक नाथन एकेले दुई र मेम्फिस डिपाएले एक गोल गरेपछि नेदरल्यान्ड्सले सोमबार राति युरो २०२४ को छनोट प्रतियोगितामा १० खेलाडीमा सीमित गिब्राल्टरमाथि ३–० को विजय हासिल गरेको छ ।

घरेलु टोली नेदरल्यान्ड्सले डिपाएको गोलबाट २३औँ मिनेटमा अग्रता लिएको थियो । ५०औँ मिनेटमा एकेले अग्रता दोब्बर बनाए ।

५१औँ मिनेटमा लिएम वाल्करले रातो कार्डको सामना गरेपछि गिब्राल्टर १० खेलाडीमा सीमित भएको थियो । खेल सकिन आठ मिनेट बाँकी हुँदा एकले अर्को गोल थपेपछि नेदरल्यान्ड्सले सहज जित दर्ता गरेको थियो ।

जितसँगै तीन अंक जोडेको नेदरल्यान्ड्स छनोट प्रतियोगितामा समूह ‘बी’को तेस्रो स्थानमा छ । फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा छ । गएको शुक्रबार राति नेदरल्यान्ड्स फ्रान्ससँग ४–० ले पराजित भएको थियो । तीन अंक नै जोडेको ग्रीस दोस्रो स्थानमा छ । अंकविहीन आइरल्यान्ड चौथो र गिब्राल्टर पाँचौँ स्थानमा छ ।

फ्रान्सले गए राति आयरल्यान्डलाई १–० ले हराएको थियो ।

“हामी बल पोसेसनमा कमजोर रह्यौँ । यो निकै कठिन साँझ थियो,’’ जितका बाबजुद प्रदर्शनबाट असन्तुष्ट नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले भने, “हामीले तीन गोल गरेका छौँ । वास्तवमा अझ धेरै गोल गर्नुपर्थ्यो । त्यो हामीले अर्को खेलमा सुधार गर्नुपर्ने कुरा हो ।’’

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro