site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस प्रदेशमाथि एपीएफको संघर्षपूर्ण जित

काठमाडौं । देउखुरी क्रिकेट रंगशालामा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबले मधेस प्रदेशविरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।

बिहीबार भएको खेलमा कमलसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा एपीएफले मधेस प्रदेशलाई दुई विकेटले पराजित गरेको हो । मधेसले दिएको १६९ रनको लक्ष्य एपीएफले ३६.५ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो । ऐरीले तीन छक्काको सहयोगमा अविजित २८ रन बनाए  । सामान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किए पछि केही दबाबमा परेको एपिएफलाई कमलसिंह ऐरीले उत्कृष्ट खेल्दै जित दिलाए ।

मधेस प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले  १ मेडनसहित २८ रन दिएर २ विकेट लिए । रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ आभेरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । मधेसका कप्तान अनिलकुमार साह र मयन यादवले ३१ रन बनाएर खेलिरहेको बेला भुवन कार्कीको बलिङमा यादव बोल्ड आउट भएपछि मधेसको विकेट पतन सुरु भएको थियो ।
 
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीयसहित सात प्रदेशका टिम सहभागी छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro