site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संक्रमणकालीन न्यायको विषय समयमा नटुंग्याउँदा अहिले समस्या देखियो : सीपी गजुरेल
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले समयमा नै संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गो लगाउन नसक्दा अहिले समस्या देखिएको बताएका छन् । 

शनिबार काठमाडौंमा शान्ति सम्झौता, संक्रमणकालीन न्याय, सत्यनिरुपणलगायतका विषयमा आयोजित कार्यक्रममा उनले ६ महिनाभित्रै शान्तिप्रक्रियालाई टुङ्गाउनुपर्ने भए पनि १६ वर्षसम्म लम्बिएका कारण अहिले समस्या देखिएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसको सम्पूर्ण जिम्मेवारी यस अवधिमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, बाबुराम भट्टराईले लिनुपर्ने उनले जिकिर गरे । 

गजुरेलले संक्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउन आदेश दिनुपर्नेमा द्वन्द्वकालीन मुद्दाहरुलाई फौजदारीतर्फ लैजाने व्याख्या गर्नुमा अदालतको पनि त्रुटि रहेको बताए । 

Global Ime bank

गजुरेलले शान्तिप्रक्रिया टुङ्गो लगाउनका लागि दबाब दिनका लागि माओवादी घटकहरु एकैठाउँ आउनुपरेको धारणा राखे । उनले जनयुद्धलाई कसैले अपराधीकरण गर्न खोजे मञ्जुर नहुने बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC