site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । काठमाडौंमा आर्थिक अपराधका घटना गतवर्षभन्दा बढेको छ । काठमाडौंमा रहेका गुन्डा नाइके धमाधम पक्राउ गरेपछि पहिले पैसा उठाइदिन भन्दै गुन्डाकहाँ जाने व्यक्ति अहिले प्रहरीकहाँ आउन थालेपछि आर्थिक अपराधका मुद्दा बढेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रम थापा भन्छन्, “पहिला हत्या, अपहरण, फिरौति तथा कुटपिटका घटना प्रहरीकहाँ आउँथ्यो । आर्थिक गतिविधिका मुद्दा बाहिर बाहिर नै गुन्डाले मिलाउँदा रहेछन् । अहिले गुन्डाहरू धमाधम पक्राउ पर्न थालेपछि प्रहरीकहाँ आएको हो ।”
उनका अनुसार काठमाडौं प्रहरीले अघिल्लो आर्थिक वर्ष २ सय १५ ओटा ठगीका मुद्दा दर्ता गरेको छ । जसमा २ सय ६२ जना पक्राउ परेका छन् । त्यसमा ४१ जना महिला छन् भने  २ सय २१ जना पुरुष पक्राउ परेका छन् । 
त्यस्तै अघिल्लो वर्षमा १ सय ५२ ओटा ठगीका मुद्दा दर्ता भएका थिए भने एक सय ८० जना पक्राउ परेका थिए । 
“विगत वर्षहरुमा भन्दा आर्थिक उजुरी अहिले बढेको छ,” एसएसपी थापाले बाहखरीसँग भने,“पहिला ठगीनेहरु प्रहरीकहाँ भन्दा पनि गुण्डाहरुको शरणमा पुग्ने गर्थे । प्रहरीले गुण्डाहरुलाई तह लगाउन थालेपछि पीडितहरु सिधै प्रहरीकहाँ आउने गरेका छन् । त्यसैले पनि अघिल्ला वर्षभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।”
उनका अनुसार नाम चलेका गुन्डाले फसेको रकम उठाइदिने भन्दै ठुलो मात्रामा कमिसन लिने गरेका छन् । 
एसपी थापा भन्छन्,“पहिला गुण्डाहरुले ठगीनेहरुबाट उठाउनुपर्ने रकमको ५० देखि ६० प्रतिशत आफैंले खाने गरेका थिए,” उनले थपे,“मिटर ब्याजको पैसा उठाउने देखि कागज नभएको खण्डमा पनि अपहरण गरी प्रमाण जुटाउने गुण्डाहरू प्रहरी खोरमा छन् । त्यसैले अहिले मुद्दाहरू प्रहरीकहाँ बढेका हुन् ।”   
रकम उठाउँदा फसेका गुण्डा नाईकेहरु
प्रहरीका अनुसार कमिसन खाने गरी फसेको पैसा उठाउने काण्डमा गुण्डा नाईके दिपक मनाङ्गे प्रहरी हिरासतमा छन् । त्यस्तै अरु गुण्डा नाइकेहरु अभिषेक गिरी, रमेश बाहुन पनि फसेको रकम उठाउने भन्दै ब्यक्तिलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जेलमा छन् भने अर्का गुण्डा नाईके गणेश लामा पनि जवरजस्ती कागजात गराएको भन्दै एक व्यवसायीको उजुरीका आधारमा फरार सूचीमा परेका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७३  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro