site stats
कला
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ आह्वान, ‘बेष्ट भिडियो अफ द इयर’लाई पाँच लाख

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ हुने भएको छ । वि विल राईज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशैभरबाट उत्साहजनकरुपमा १३२ वृत्तचित्र सहभागी थिए । पछिल्लोपटक सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भए पनि विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण कार्यक्रम स्थगित हुनपुग्यो । सोही प्रतियोगितालाई निरन्तरता दिने प्रयास स्वरुप सन् २०२३ को दोस्रो संस्करणका लागि शुक्रबारबाट भिडियो आह्वान भइसकेको छ । 

कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलाएमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

S.A.U
Agani Group

“भिडियो निर्माताहरूले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि गाउँठाउँको प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, खानपान, कलासंस्कृति, जातजातिको पहिचानलगायत विषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्नेछन्,” विज्ञप्तिमा उल्लेख छ, “वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ ।”

यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगीले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्नुपर्ने आवश्यक ठानेमा सो भिडियो सम्पादन गरी वा नयाँ नै पनि पठाउन सक्ने पनि आयोजकले जनाएको छ । 

Global bank

वृत्तचित्र निर्माणका लागि २०७९ फागुन १२ बाट ७० दिन अर्थात २०८० वैशाख २१ गतेसम्मका लागि समय दिइएको छ । विजेताको घोषणा १३ जेठ २०८० का दिन काठमाडौंमा हुनेछ । 
Capture1677285196.JPG

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०६:१५
प्रतिक्रिया दिनुहोस्