site stats
अर्थ व्यवसाय
नेप्से ७६.६४ अंकले वृद्धि हुँदा कारोबार रकम तीन अर्बमाथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले बढेको छ ।

गत कारोबार दिन सोमबार साढे चार अंकले बढेको नेप्से आज ७६.६४ अंकले बढेको छ । आज २६० कम्पनीको तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको ९३ लाख ३३ हजार ७८८ किक्ता सेयर किनबेच भएको छ ।

S.A.U
Agani Group

आज सेन्सेटिभ इन्डेक्स पनि २.२० प्रतिशतले बढेको छ । १३ वटै उपसमूहको समूहगत सुचक पनि बढेको छ ।

आज लगानी समूहको समूहगत सुचक सबैभन्दा धेरै ६.२५ प्रतिशतले बढेको छ । यस्तै, फाइनान्स समूहको ५.९४ प्रतिशत, हाइड्रोपावर उपसमूहको ५.३१ प्रतिशत, विकास बैंक उपसमूहको ५.०७ प्रतिशत र समूहगत सचूक बढेको छ । 
 

Global bank

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय