काठमाडौं । लुम्बिनी विकास कोषले चालु आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म ३४ करोड ५४ लाख ६१ लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगततर्फ ३४ करोड २३ लाख १० हजार र चालुतर्फ ३१ लाख ५१ हजार खर्च गरेको हो ।
कोषका लागि आलु आर्थिक वर्षमा एक खर्ब ५५ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । कोषले ६ महिनाको आवधिमा २२.२९ प्रतिशत खर्च गरेको छ । कोषले अहिले लुम्बिनी विकास गुरुयोजनामा काम गरिरहेको छ ।
यो गुरुयोजना आजभन्दा ४५ वर्ष अगाडिदेखिको हो । यो योजना सम्पन्न गर्न सात खर्ब ५० अर्ब रुपैयाँ आवश्यक पर्ने बताइएको छ ।
रकम अभावका कारण गुरुयोजनाको कामले तीव्रता पाउन नसकेको बताइएको छ । तीन चरणमा काम गर्ने गरी बोलपत्र आह्वान गरिएको कोषका सदस्य सचिव सानुराज शाक्यले बताए ।