site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्कली खुकुरी रम र रुस्लान भोड्का बनाउने पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नक्कली खुकुरी रम र रुस्लान भोड्का बनाउने व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । प्रहरी टोलीले शुक्रबार र शनिबार छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको सूचनाका आधारमा ललितपुरको कुपन्डोलस्थित नेक्स्ट टेस्ट लिक्विट स्टोर र काठमाडौंको मित्रनगरस्थित एसटी लिक्विट स्टोरमा छापा मारिएको थियो । नेक्स्ट लिक्विटका सञ्चालक निरज उप्रेती र एसटी लिक्विटका सञ्चालक धर्मी गौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, ललितपुरको टीकाथलीका विभिन्न स्थानहरूमा स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नाम दिई नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने गणेशबहादुर रानामगरलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार एसटी लिक्विट स्टोरले खुकुरी रम र रुस्लान भोड्काको नक्कली ब्रान्ड बनाएको पाइएको छ । नक्कली रक्सी बनाउन प्रयोग गरिने सामग्रीहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC