site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वगृहमन्त्रीको सूचीमा किन छैन रवि लामिछानेको नाम ?
सर्वोच्च अदालतको फैसलापछि शुक्रबार मन्त्रालयबाट बाहिरिने क्रममा रवि लामिछाने ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेको नागरिकता अवैध रहेको ठहर गर्‍यो । त्योसँगै उनको सांसद पद गुम्यो । उनले उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिए ।

सर्वोच्चको संवैधानिक इजलासको उक्त फैसला सुनाउँदा उनी सिंहदरबारस्थित गृह मन्त्रालयमै थिए । फैसलासँगै आफू ‘अनागरिक’ भएको प्रतिक्रिया दिएर त्यहाँबाट बाहिरिएका थिए । लगत्तै बालुवाटार पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामापत्र बुझाए ।

गृहको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालिसकेका छन् । पूर्वगृहमन्त्रीको सूचीमा समेत उनको नाम समावेश छैन । मन्त्रालयको वेबसाइटमा अरू पूर्वगृहमन्त्रीहरूको नाम उल्लेख छ । शनिबार बेलुका ७ बजेसम्म त्यहाँ लामिछानेको नाम छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

लामिछानेलाई पूर्वगृहमन्त्री भन्ने/नभन्ने बारेमा कुनै निर्णय नभएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले बताए । त्यस्तो निर्णय राजनीतिक तहबाटै हुन सक्ने उनको भनाइ छ ।

“उहाँको बारेमा के गर्ने भन्ने कुनै निर्णय भएको छैन । त्यस्तो जानकारी हामीलाई छैन,” सूचना अधिकारी तामाङले बाह्रखरीसित भने, “त्यसबारेमा राजनीतिक तहबाटै निर्णय होला ।”

Global Ime bank

यद्यपि, आज सार्वजनिक बिदा भएको र सरकारी वेबसाइट पनि धेरै बेर ‘डाउन’ भएका कारण गर्नुपर्ने नियमित काम समेत हुन नसकेको उनले बताए ।

“आज सरकारी वेबसाइट डाउन भयो, थाहा पाइसक्नुभयो होला । भोलि आइतबार यसबारेमा निर्णय हुनसक्छ,” उनले भने ।

मन्त्रालयको वेबसाइटमा पूर्वगृहमन्त्रीको सूचीको पहिलो नम्बरमा बालकृष्ण खाणको नाम छ । उनी ०७८ असार २९ देखि ०७९ पुस ११ गतेसम्म गृहमन्त्री भएको उल्लेख छ । त्यसपछि वर्तमान सरकार गठन भएको थियो ।

गएको पुस १० गते प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले त्यसको भोलिपल्ट पद तथा गोपनीयताको शपथ लिए । सोही दिन अर्थात् पुस ११ गते नै लामिछानेले उपप्रधान एवं गृहमन्त्रीका रूपमा शपथ लिएका थिए ।

सर्वोच्चको फैसलापछि उनी त्योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदमा पनि रहन अयोग्य भए । उनको नागरिकता वैध नभएको फैसलापछि ‘शक्तिशाली’ पदबाट बाहिरिनुपरेको हो । उनले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न पूरा गर्नुपर्ने प्रक्रिया नपुर्‍याएको सर्वोच्चको ठहर छ ।

adfskmg1674916301.JPG

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC