site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कराते महासंघको नेतृत्वमा युवराज लामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । करातेका संस्थापकमध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिवसमेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको हो ।

अघिल्लो तर्दथ समितिमा कार्यावाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सह–अध्यक्ष बने । उपाध्यक्ष्मा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा र विआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गागोतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई रहेका छन् ।

उहीहरूलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच मनोनयन पत्र हस्तान्तरण गरे । महासंघले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन गर्नुपर्ने छ । अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको चार वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचनसमेत गर्न सकेको थिएन ।

Global Ime bank

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले ऐतिहासिक आवश्यकताका हिसाबले लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताउदै गौरवपूर्ण इतिहास बोकेको कारतेलाई गति दिनु पर्नेमा जोड दिए ।

अध्यक्ष लामाले संस्था र खेलाडीको हितलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै परिषद्ले दिएको तीन महिना भन्दा धेरै अगाडि निर्विवाद रूपमा चुनाव सम्पन्न गर्ने वाचा पनि गरे । उनले आस्था र फरक स्टाइलका कराते कसैलाई पनि निषेध नगर्ने बताउँदै कार्यसमितिका प्रत्येकले काम गर्ने अवसर प्राप्त गर्ने बताए ।

सह–अध्यक्ष गुरुङले सम्बन्धित विज्ञले सम्बन्धित संस्थाको नेतृत्व गरे मात्र संस्थाको विकास हुने मान्यतालाई आत्मासात् गरी अध्यक्ष हुँदा हुँदै पनि स्थायित्वका लागि खुशी साथ अध्यक्षको पद छाडेको बताए । उनले अनेक बहानामा खेल संस्थालाई बन्धक बनाउन नहुने विचार व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC