site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेस मन्त्रिपरिषद्ले शुक्रबारसम्म पूर्णता पाउने
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । 

सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको खबर आइरहेका बेला उनले दलहरूबीच सरकार विस्तारमा कुनै समस्या नरहेको बताए । उनले शुक्रबार विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“सत्ता गठबन्धनमा विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भनेर प्रचार गरिएको विषयमा म पनि जानकार छु,” मुख्यमन्त्री यादवले भने, “हामीबीच कुनै विवाद छैन । कुन पार्टीले कति र कुन मन्त्रालयको जिम्मा पाउने भनेर मोटामोटी समझदारी भएको छ । अब शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।” 

मुख्यमन्त्री यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्र काठमाडौंमा रहेकाले शुक्रबारसम्म पर्खिनुपरेको र उनी बिहीबार फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने प्रष्ट पारे ।

Global Ime bank

मुख्यमन्त्री यादवको सिफारिसमा गत पुस २९ गते उनीसँगै थप तीनजना प्रदेशसभा सदस्य, नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव, जनता समाजवादी पार्टी (जसपा)का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहले बिनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका थिए । 

जसपा मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले माघ ३ गते विश्वासको मत लिएको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने तीनजना मन्त्रीले पनि कुनै जिम्मेवारी पाएका छैनन् । 

“सुरुमा दलहरुबीच छलफल गर्नुपर्ने थियो । पछि म आफैँ पनि काठमाडौं जानुपर्ने भएपछि केही समय ढिला हुन गयो,” मुख्यमन्त्री यादवको भनाइ थियो, “अब मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ गर्नुपर्ने कुनै कारण छैन ।” रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC