site stats
राजनीति
गण्डकी सरकारले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ?

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मंगलबार थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएपछि सात सदस्यीय गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

आज  एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ तथा माओवादीका रेशमबहादुर जुग्जालीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

NMB Bank
Dabur nepal
Agani Group

यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भइसकेका थिए ।

मंगलबार नै मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, सीता कुमारी सुन्दासले आर्थिक मामिला, पञ्चराम गुरुङले सामाजिक विकास, रोशन गाहाले आन्तरिक मामिला तथा कानुन, वेदबहादुर गुरुङले कृषि, ऊर्जा जलस्रोत र रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवराी पाएका छन् । 

Global bank

कसले कुन मन्त्रालय पाए ?

Gand1674567989.jpg

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १९:३३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय