site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रिय सहमति भन्दा स्वार्थका लागि भन्छन् : रामचन्द्र पौडेल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले आफूले जोडबल गरिरहेको राष्ट्रिय सहमतिको विषय आफ्नो स्वार्थसँग नजोडिने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले तीन कारणले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख उल्लेख गरे ।

“मैले सहमतिको कुुरा गर्दै आएँ । अहिलेको कुरा होइन, मैले सहमतिको कुरा गर्दा आफ्नो स्वार्थका लागि खोजेको भन्ने अर्थ लाग्ला । तर, म पहिलोदेखि नै यसको पक्षमा हुँ,” उनले भने, “तीन कारणले राष्ट्रिय सहमति आवश्यक छ । कमसल आर्थिक अवस्था, दोस्रो– भूराजनीतिक दबाब र शान्ति प्रक्रियालाई पूर्णता दिन ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेता पौडेलले थपे, “अहिले नेपाली आकाशमाथि नयाँ किसिमको शीतयुद्ध मडारिएको छ । हिजो युरोपमा यस्तो शीतयुद्ध मडारिएको थियो । अहिले हाम्रो हिमालमा मडारिएको छ । शान्ति प्रक्रिया अझै पूर्ण भएको छैन । १२ वर्षे द्वन्द्वले घाउपरेको छ । चोट लागेको छ । यसलाई पूरा गर्नु हाम्रो कर्तव्य हो । देशमा सुशासनभन्दा कुशासन छ । त्यसकारण राष्ट्रिय सहमति आवश्यक छ ।”

व्यवस्थामाथि असन्तुष्टिको घण्टी बजेको भन्दै उनले यसलाई मत्थर पार्न नेतृत्वको अभाव भएको बताए । राष्ट्रिय नेतृत्व र आत्मविश्वासको अभाव भएको भन्दै निष्ठाको राजनीति किनारा लागेको उनले उल्लेख गरे ।

Global Ime bank

सांसद पौडेलले देशमा अनुदान आउन नसकेको र ऋणको भार थपिएको भन्दै आफूले अमेरिकी सहयोग अनुदानको सम्मान र समर्थन गरेको बताए । उनले निर्मम भएर खर्च कटौतीमा लाग्नुपर्नेमा जोड दिए । यसका लागि कांग्रेस–कम्युनिस्ट एक हुनुको विकल्प नभएको भनाइ उनको थियो ।

“यो संविधान फ्याँक्न अनेक प्रयत्न भएको छ । यो व्यवस्था बचाउन र संविधान बचाउन कांग्रेस र कम्युनिस्ट एक ठाउँमा हुने किन नहुने ?” उनले भने, “अराजकता र अस्थिरता बचाउने कि नबचाउने ? अति दलबन्दी र पूर्वाग्रहबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । भित्री र बाहिर सत्ताको खेलबाट लोकतन्त्र खतरामा छ । हामी देश बनाउन एक ठाउँमा जुटौँ । आकाशबाट निराशाको बादल हटाउन एक बनौँ ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC