site stats
बाह्रखरी फोटो
साँझमा चमकदार काठमाडौं (फोटो फिचर)

काठमाडौं । काठमाडौं सहरका मुख्य रात्रीकालीन व्यापार, व्यवसाय हुने ठाउँहरु अहिले उज्यालोले धपक्क बलेको छ । बिजुलीको पर्याप्ततासँगै सहर रंगीचंगी उज्यालोले किझकाउ देखिने गरेको छ । सहरका चोक, गल्ली र रात्रीकालीन व्यापार व्यवसाय सञ्चालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ । मन्दिरहरुमा बिजुली बत्तीको चमक छरपस्ट छ । मन्दिर, व्यापारिक भवन र काठमाडौंको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोड लगायतका सडकहरु नै रंगीचंगी बत्तीले चम्किरहेका देख्न सकिन्छ । अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढीरहेको पनि छ । जसकारण साँझको समयमा काठमाडौंका यी ठाउँहरुको दृश्य हेर्न लायक बन्छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका साँझमा मुस्कुराएको काठमाडौंका केही तस्बिरहरु ।

NMB Bank
Dabur nepal
Agani Group

Global bank

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय