site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस प्रदेशमा दलित ऐन बनेको तीन वर्ष बित्यो, कार्यान्वयनको अवस्था शून्य
SkywellSkywell

जनकपुरधाम । मधेस प्रदेश सरकारले दलित समुदायको विकासका लागि भनेर ‘दलित सशक्तीकरण ऐन, २०७६’ बनायो । ऐनको पहिलो परिच्छेदको दोस्रो बुँदामा उल्लेख छ– यो एन तुरुन्त लागु हुनेछ ।

तर, ऐन बनेको तीन वर्ष बितिसक्दा पनि कार्यान्वयनको अवस्था नाजुक छ । करिब शून्य बराबर नै ।

०७५ कात्तिक २० गते सामाजिक विकास मन्त्रालयले यो ऐन प्रदेश सभामा दर्ता गरेको थियो । त्यसको एक वर्षपछि ०७६ मंसिर २४ गते ऐन प्रमाणीकरण भएको थियो । सरकारले यो ऐनलाई उच्च प्राथमिकता दिएको थियो । सरोकारवाला निकायहरू भने सरकारकै त्रुटिका कारण ऐन कार्यान्वयनमा आउन नसकेको गुनासो गर्छन् । 

KFC Island Ad
NIC Asia

प्रादेशिक संवाद समूह जनकपुरधामले आयोजना गरेको उक्त ऐनबारेको छलफल कार्यक्रममा पनि सरोकारवाला निकायहरूले ऐन कार्यान्वयन नभएको गुनासो गरेका छन् । ऐन निर्माणमा भूमिका निर्वाह गरेका निर्वतमान सांसदद्वय सुरेश मण्डल र चमेली देवी दास पनि ऐन कार्यान्वयन हुन नसकेको बताउँछन् ।

"हामीले धेरै प्रयास गर्‍यौँ । तर अहिलेसम्म कुनै पनि पालिकामा दलित सशक्तीकरण ऐन कार्यान्वयनमा आएको छैन," दासले भनिन्,"ऐन कार्यान्वयनमा नआउँदा दलित समुदाय दिनानुदिन प्रताडित भइरहेको छ ।"

Royal Enfield Island Ad

मण्डलले ऐनमा त्रुटि देखिएको विषयलाई सच्याएर अगाडि बढ्नुपर्ने बताए । प्रदेशमा १८ प्रतिशत जनसंख्या रहेको दलित समुदायलाई बेवास्ता गरेर विकास हुन नसक्ने तर्क उनको छ । ऐन कार्यान्वयनका लागि पालिका, प्रदेश र प्रहरीमा तीनवटा समिति बनाउने अवधारणा छ । तर, समितिमा क्षेत्राधिकार उल्लेख नहुँदा पनि कार्यान्वयनमा समस्या देखिएको हो ।

ऐनमा प्रदेश प्रहरीअन्तर्गत दलित प्रहरीकै नेतृत्वमा जातीय विभेद तथा छुवाछुत नियन्त्रण इकाइ स्थापना गर्ने व्यवस्था छ । तर, दलित प्रहरीकै अभाव देखिएकाले अझै पनि इकाइ गठन हुन सकेको दलित अधिकारकर्मी विनोद महाराले बताए । सदर/बदरको अधिकार दलित विकास बोर्डको उपाध्यक्षलाई नदिँदा समस्या देखिएको उनको भनाइ छ ।

"ऐनमै त्रुटि देखिएको छ । राजनीतिक व्यक्तीलाई बोर्डको अध्यक्ष दिँदा कार्यान्वन हुन सकेको छैन्," उनले भने, "मन्त्री पद राजनीतिक हुन्छ । उनकै कार्यकर्ताले कुनै दलितलाई विभेद गर्‍यो भने कसरी निष्पक्ष न्याय हुने विश्वास गरौँ ।"

अर्का अधिकारकर्मी राजु पासवानले पनि सोही कुरा दोहोर्‍याए । पालिका स्तरीयको समितिमा पाँच सदस्य मात्रै हुनुपर्ने र शतप्रतिशत दलितकै सहभागिता हुनुपर्ने उनले उल्लेख गरे ।

"पालिकास्तरको समितिमा ११ सदस्य समिति गठन गर्ने भनिएको छ । यसमा सात जना दलित र चार जना गैरदलित जनप्रतिनिधि राख्नुपर्ने व्यवस्था छ," उनले ऐनमा गरिएको व्यवस्था उल्लेख गर्दै भने, "जसको समस्या छ, उसकै प्रतिनिधित्व भएन भने निष्पक्ष न्याय दिन सक्दैन । त्यसकारण पालिकामा पाँच सदस्य समिति मात्रै हुनुपर्छ ।"

असुरक्षाका कारण दलितहरू न्यायका लागि अगाडि बढ्न नसकेको उनले औँल्याए । 

प्रदेशस्तरीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठन गरिएको छ । मुख्यमन्त्रीको नेतृत्वमा रहेको यो समितिको प्रगति पनि शून्य छ । अहिलेसम्म समितिका दुईवटा बैठक मात्र बसेका छन् भने कुनै पनि विषयमा प्रतिवेदन तयार भएको छैन ।

प्रत्येक स्थानीय तहमा पनि सोही अनुसारको समिति गठन गर्ने व्यवस्था छ । तर, अहिलेसम्म बारा र पर्साको मात्र चार पालिकामा समिति गठन भएको दलित विकास बोर्डका उपसचिव दिलीप ठाकुरले जानकारी दिए । 

मधेसमा दलित सशक्तीकरण ऐनजस्तै थुप्रै ऐनहरू कार्यान्वयनमा आउन सकेका छैनन् । प्रदेश सभाको पहिलो कार्यकालमा ६१ वटा विधेयक दर्ता भएका थिए । जसमध्ये ५५ वटा विधेयक पारित भएर प्रमाणीकरण पनि भइसकेका छन् । ६ वटा विधेयक विषयगत समितिमा विचाराधीन अवस्थामा छन् । प्रमाणीकरण भइसकेका ऐनहरू पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेका छैन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro