site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बुबाको हत्या गर्न पाँच लाखको ‘सुपारी’, छोरा र ज्वाइँसहित तीन पक्राउ
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । धनुषा मुख्यापट्टी मुसरनिया गाउँपालिका २ का ४० वर्षीय धनुखधारी दासलाई हत्या गर्न उनका २१ वर्षीय छोरा प्रदीप दासले पाँच लाखको सुपारी दिएको खुलेको छ । बुधबार धनुषा प्रहरीले उनको हत्यामा संलग्न तीनजनालाई सार्वजनिक गरेसँगै सुपारी दिएको खुलेको छ ।

हत्यामा उनको छोरा प्रदीप, ज्वाइँ महोत्तरी पिपरा गाउँपालिका ५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराइन नगरपालिका २ का रञ्जित कुमार यादवलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

यही पुस ९ गते उनको हत्या भएको थियो । दास हत्याको मुख्य योजनाकार उनको छोरा प्रदीप रहेको प्रहरी अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

Agni Group
NIC Asia

उनका अनुसार सुटर रञ्जितले सेवाग्राही बनेर उनको हत्या गरेका थिए । परिवारिक कलहका कारण प्रदीपले आफ्ना भिनाजु उदय दाससँग मिलेर योजना बनाएका थिए । उदय प्रहरी हवल्दार हुन् । उनी मधेस प्रदेश प्रहरी कार्यालयमा जनकपुरधाममा कार्यरत थिए । 

सुटर रञ्जितलाई मृतक दासका छोरा प्रदीप र ज्वाइँ उदयले घटनाको एक महिनापूर्व एक लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । सुटर रञ्जितले दुई लाख १० हजार उदयमार्फत बुझेका छन् । बाँकी पैसा पछि दिने उनीहरुबीच सहमति भएको थियो ।

Global Ime bank

पक्राउ परेकाहरुसँग प्रहरीले कटुवा पेस्तोल एक थान, गोली दुई राउन्ड, अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन दुई थान र आठ राउन्ड गोली बरामद गरेको छ । घटनामा मृतक दासको छोरा चढ्ने मोटरसाइकल प्रयोग भएको बताइएको छ । तर, मोटरसाइकल फेला परेको छैन । 

मृतक दास मोटर (पम्प) मर्मत गर्ने मिस्त्री थिए । केही दिनदेखि उनले घरमै ग्यास बिक्री गर्ने पसल पनि सुरु गरेका थिए । दासले दुईवटा विवाह गरेका थिए । जेठी श्रीमतीबाट उनको १८ र २० वर्षका दुई छोरा छन् । मृतक दास कान्छी श्रीमतीसँग बस्दै आएका थिए । कान्छी श्रीमतीसँग पनि एउटा छोरी छ ।

जेठी श्रीमतीसँग केही दिनदेखि उनको विवाद हुँदै आएको थियो । अर्को विवाह गरेपछि सम्पत्ति बाँड्नु पर्ने कारणले पनि उनको हत्या गरिएको प्रहरीको अनुमान छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu