site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
ढाई वर्षीय सरकारको ‘स्ट्रेन्थ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र–नेकपा माके) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाइएको छ । बधाई, शुभकामना, घरवास सर्ने र सरकारी सत्ताशक्ति भागबण्डाको चटारो यतिबेला उत्कर्षमा हुने नै भयो । जनसाधारणको मनमा भने ‘ढाई बर्षे सरकार’ भन्ने सन्देह सुरुमै गढेको रहेछ । बाटोघाटोमा त्यस्तो कुरा भन्दै गरेको सुनिन्छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल करिब दुई वर्षदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहकार्यमा मस्त थिए । यसअघि पनि देउवा र दहालको सहकार्य भएको थियो । त्यही सहकार्यको परिणाम स्थानीय तहको पहिलो निर्वाचनको पहिलो चरण सम्पन्न गर्ने अवसर तत्कालीन प्रधानमन्त्री दाहालले पाएका थिए । 

त्यसपछि स्थानीय तहको दोस्रो चरण र प्रतिनिधि सभा एवं प्रदेश सभाको पहिलो चुनाव गर्ने अवसर देउवाले पाए । त्यसबेला दाहाल आफ्नै स्वभावअनुसार एमालेसँग जोडिन पुगे । पार्टी विलय गरे । नेकपा बन्यो, बनाइयो तर टिकेन ।  

KFC Island Ad
NIC Asia

यसैबीच सत्ता संघर्ष उत्कर्षमा पुग्यो । अदालतले पुनर्जीवन दिएपछि एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आए । विवाद र विभाजनको फेहरिस्त दिनु परेन । त्यसपछि बन्यो कांग्रेस र माओवादीसहितको कथित गठबन्धन । यही विवादले एमाले विभाजित भयो र जन्म्यो नेकपा (एकीकृत समाजवादी) ।

यसपछि बन्यो कांग्रेस,माओवादी र एकीकृत समाजवादीको गठबन्धन । राजमो, जसपा पनि मिस्सिए । पछि जसपा फुत्कियो एमालेसँग गयो । अहिले दाहाल पनि एमालेसँगै गए । एकीकृत समाजवाली सायद जाने तरखरमा छ । 

Royal Enfield Island Ad

नेकपा एमालेका (दाहालकै शब्दमा ‘प्रतिगामी’) अध्यक्ष केपी शर्मा ओलीको साथ, समर्थन लिएर प्रधानमन्त्री बन्दिन भन्ने सार्वजनिक कसम खाएका दाहाल कांग्रेससँग के कारण जोडिएका थिए र अहिले छुट्टिएका हुन् ? त्यो कारण पुनःउद्घाटित भयो । 

कांग्रेस र माआवादी केन्द्रको गठबन्धन वर्षौं वर्ष रहने उद्घोषका सारथी पुष्पकमल दाहाल भन्थे – शान्ति प्रक्रियासँगै माओवादीले रुख र कांग्रेसले हँसिया हथौडामा छाप लगाएका हुन् । डराउनु पर्दैन, जय नेपाल । 

एमाले अध्यक्ष शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले के कारण आफ्ना सार्वजनिक सम्पूर्ण वाचा र प्रतिबद्धताबाट क्षणभरमै स्खलित भए ? कांग्रेसका मतदातालाई धोका दिए ? किन ? हलेदो भनेर चिनेपछि कोट्याउनु जरुरी परेन । 

अहिलेको परिणामले देखायो – देउवादाहाल गठबन्धन सत्ताको दाउपेच मात्र रहेछ । पार्टीको जलपभित्र दाहाल, देउवा गठबन्धन । न देउवाले दाहाललाई दुई वर्षका लागि प्रधानमन्त्री छोड्न सके, न दाहालले आफ्नै प्रतिबद्धताको गठबन्धन जोगाउन दुई वर्ष पर्खिएर प्रधानमन्त्री हुने धैर्य गर्न सके ?    

कांग्रेस फुस्सा हुनुमा सबैभन्दा बढी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्ता हठ वा सत्तालिप्सालाई मानिएको छ । पार्टी सभापति तर परजीवी स्वार्थीहरुको सानो घेरामा गरिएको एकलकाटे निर्णयले देउवा असफल भएको भनिन्छ । हो पनि त्यही । 

आफूले नपाउँदा सबै कांग्रेसको सम्भावना हरण गर्ने, राजनीतिक स्थायित्व एवं लोकतान्त्रिक प्रणालीको भविष्यसमेत दाउमा थाप्ने सभापति देउवा र यिनको चाटुकार गुटको मुर्ख्याइँलाई अहिलेको परिघटनाको जड मानिएको सुनिन्छ । त्याग शून्य संस्कारको परिणाम । 

पार्टीभित्र त यस्तो एकलकाटे काम जबर्जस्ती तै चलेकै थियो तर सधैँ सत्ताको खुँगा थाप्दै हिड्ने दाहालसँग त चलेन नि ? 

निर्वाचनपछि पहिलो अवसर दाहाललाई भनिएकै थियो रे ! त्यहीअनुसार कि दिनुपर्थ्यो कि मिलाएर लिनुपर्थ्यो । हातमा आएको अवसरलाई निजी मतलबमा ‘बाटोको बुर्की’ बनाइदिने काम भयो ? 

वरिपरि पसारो हाल्ने भक्तहरूले सभापति देउवाको देवत्वकरण गरेका थिए । ‘सबैलाई जोड्न सक्ने, सबैलाई मिलाएर हिड्ने सक्ने – पारखी ।’ आदि इत्यादि रंगीन शब्द प्वाँखले सजाएर देउवालाई साथीभन्दा माथि बसेर सोच्न लगायो । जोड्ने र मिलाउने खुवी त पार्टी सञ्चालनमा नै खुस्किएको थियो र पनि देउवालाई ‘अहं ब्रह्मास्मि, वा एकोहं द्वितीयो नास्ति’ भन्न सिकायो त्यो घेराबन्दीले । अहं देवत्व दम्भले ओली लतारिएका थिए, देउवाले पनि त्यही बाटो समाए । 

लोकतान्त्रिक मानिने कांग्रेसभित्र भिन्न मत, विचार र अभ्यासलाई भित्ताकिनारा गर्ने र अस्तित्व नै तिरस्कृत गर्ने परिपाटी सभापति देउवाले नै संरक्षित र परिचालित गरेको घटनाहरू त छर्लंग नै छन् । प्रतिबद्ध हजारौं कांग्रेसजन कोबाट, किन र कसरी पीडित छन् ? अनुसन्धान गर्दा भेटिने नै छ ? 

दाहाल र देउवा पुस्ताले नाममा पार्टी भन्ने तर काममा आफूमात्रै ठान्ने रहेछ । अहिले पनि त्यही देखियो । पार्टी नामको शोषण । नाममा मात्रै पार्टी रहेछ । सभापति देउवाको निर्णय शैली वा कोटरीभित्रका पालितपोषितले सिंगो कांग्रेस पार्टी असफल भएको दाग लगाए । 

असफलता अघिसम्म–महाधिवेशनका प्रतिस्पर्धी डा. शेखर कोइराला, महामन्त्री द्वय र आफू बाहेकका अरु पदाधिकारी एवं वरिष्ठ नेतालाई समेत सुइँको नदिई  सत्ता गठबन्धनको छलफल भयो रे ! किन यस्तो गरियो ? 

सभापति देउवा गुटको असफलताको परिणाम सत्ताको अघिल्तिर सबै क्षम्य मान्ने माओवादी दाहाल एमाले अध्यक्ष ओलीको काखमा पुगेको टिप्पणीलाई अस्वीकृत गर्ने कारण बाँकी पनि रहेन । जवर्जस्ती गठबन्धनलाई भोट दिन लगाइएको समुच्चा कांग्रेस नेतृत्वलाई सत्ता समीकरण प्रयत्नमा उपयोग हुनै दिइएन भने अब अरुतिर दोष होइन, सभापति र उनको गुट नै सर्वाङ्ग जिम्मेवार मानिन्छ ।

बालकोटको बार्दलीबाट ढाई बर्षे भारी पाएका तर जबर्जस्ती फाटेको हाँसोमा प्रधानमन्त्री दाहालको निन्याउरो अनुहारले धेरै भंगीमा खोलेको छ । 

वर्षौं भनिने कसम खाएर बनाएको गठबन्धन तोडिएको छ । कसम खाएर छोडेको बार्दलीमा याचना जोडिनु छ । कसम खाएर कांग्रेस–लोकतन्त्रवादीलाई दिएको विश्वास भत्किनु छ । आफैँलाई छोडेका र आफैले छोडेका ‘टोपबहादुर’ प्रभृतिसँग विश्वासको भिक्षांदेही गर्नु छ । 

कुर्ची मोहले मात्रै बरा प्रधानमन्त्री दाहालको मन कसरी रमाओस् ? उनी पनि त मान्छे हुन् । त्यो नै मुखाकृतिमा व्यक्त भएको अँध्यारो भंगीमा हुनुपर्छ । सधैं अरूलाई प्रधानमन्त्री बनाइ दिएँ भन्ने हुँकारका धनी दाहाल अहिले प्रधानमन्त्री बनाइपाऊँ भन्दै हिँडे । आन्द्रैदेखिको हाँसो आओस् त कसोरी ? विचरा । 

साता दिन अघिका प्रतिपक्षी, अब त सत्ताधारी ‘किङ पिन’ केपीशर्मा ओलीले माओवादी केन्द्रलाई बचाउन वा दाहाललाई बलियो बनाउन र उर्ध्वस्थान दिन सत्ताको साँचो दिएका पक्कै होइनन् । अन्ततः विलय गराउन वा आश्रित र दाहालको घिडघिडो पूरा गर्दिएपछिका दिनमा अलपत्र माओवादी कार्यकता शरणमा लिन ओलीले बालकोट बार्दलीमा दाहाललाई दुई वर्षे आकर्षणमा उकालेका हुन् । कांग्रेसलाई खुच्चिङ भनेका हुन् । धोका दिएको ठान्ने दाहाललाई शरणागत बनाएका हुन् । एक तीर धेरै सिकार । 

अध्यक्ष दाहालले पनि तेस्रोपटक प्रधानमन्त्री भएर थप नयाँ र ऐतिहासिक काम गर्ने घिडघिडो धेरैपटक सार्वजनिक गरेका हुन् । उनको त्यो इच्छा पूरा होस्, शुभकामना छ । प्रधानमन्त्री दाहालको सफलता देश, जनता र लोकतन्त्रको सफलता हुने अपेक्षा स्वाभाविक छ । 

नयाँको आरम्भ प्रधानमन्त्री दाहालले कोट,लबेदा, सुरुवाल परिधानमा गरे । ठीकै गरे । अर्को सिको ज्योतिषीको समय बोधमा घरबास सरे । राम्रै गरे । ज्योतिष गणित पनि हो र पोख्त विज्ञान–‘शास्त्र’ पनि । पला, घडी, तिथि, मिति खुट्याएर समाजलाई ज्योतिष शास्त्रले समयबोध दिएकै छ । ग्रहण लाग्ने बेला भनेकै छ । तर, शास्त्र जत्तिकै पोख्त शास्त्री हुन्छन् भन्ने ज्योतिषमा कतै लेखेको छैन होला । भर्खरै पदमुक्त जेष्ठ नेता सभापति देउवालाई सातपटक प्रधानमन्त्री बन्ने उत्साह थपेको ज्योतिष शास्त्रीले छैठौं पारीमा नै सातो खाइदिएको बेला हो अहिले ।    

 प्रसंग, ओली, दाहालको एकता कम्युनिस्ट गठजोडको बलियो आधार पनि बन्नसक्छ । यो सम्भावना नकार्न मिल्दैन । ठक्कर र अनुभवबाट धेरैले पाठ सिक्छन् र ‘कोर्स करेक्सन’ पनि गर्न सिक्छन् । फरक एमालेले आफूलाई तीलाञ्जली दिनेछैन । पाए माओवादीको तीलाञ्जली लिनेछ । यो सर्त नै कथित कम्युनिस्ट एकताको आधार हुनेछ । कि बूढा ओलीपछि एमालेकै नेतृत्व लिने दाहालको उद्देश्य छ कि? 

 कांग्रेसका देउवाको कमजोरी, एमाले ओलीको धुर्त्याइँ,  माओवादी दाहालको सत्तामोह र अरुको  सत्ता लालसालाई जे जसरी प्रस्तुति दिइए पनि ढाई वर्षे सत्तासीमाले आरोहणअघि नै प्रधानमन्त्री दाहालको आधा शक्तिसामर्थ्य क्षय गरिसकेको छ । त्यसमाथि पहिचानले सप्तसंगी सात दलीय गठजोड प्रधानमन्त्रीको कदमकै नेल हुनसक्छ । 

 यहाँ सम्झनै पर्छ लोसपा, राजमो र नेमकिपा जो यतिबेला कतै पनि जोडिएका छैनन् । धुरमुर होलान् कोही रु यी पनि प्रधानमन्त्रीको परख गर्ने चुनौती बन्नसक्छन् । बाँकी नेपाल यही हो । यहाँको प्रशासनतन्त्रको मनोभाव कस्तो हुन्छ रु बुझेकै प्रवृत्ति हो । 

   ढाई वर्ष सँगीसाथीसँगै बुझ्दै, हास्दै, खेल्दै रमाउँदै र खाँदै फिस्स बित्नसक्छ । आखिर ढाई बर्षको ‘स्ट्रेन्थ’ नै हुन्छ र कति रु पाँच वर्षे अवधि बेअर्थ तोकिएको होइन । 

 बीचैमा कसैले दिएको समर्थन ‘धारा एक सय दुई’अनुसार  फिर्ता लिए ? यसले पनि त ‘स्ट्रेन्थ लुज’ भन्ने सन्देश दिएकै छ । त्यतिबेला प्रधानमन्त्री दाहालले कांग्रेसको लौरो सम्झिए अनौठा हुनेछैन ।       

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro