site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘पवन आलोक नियात्रा पुरस्कार–२०७८’ को घोषणा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नियात्रा समाज नेपालले गत वर्षदेखि प्रदान गर्दै आएको ‘पवन आलोक नियात्रा पुरस्कार–२०७८’ नियात्राकार डा. दामोदर पुडासैनी ‘किशोर’द्वारा लिखित कृति ‘ग्रीष्मको नीलो बतास’लाई प्रदान गर्ने घोषणा गरेको छ । पवन आलोक नियात्रा पुरस्कार कोष र नियात्रा समाज नेपालबीच भएको सम्झौताबमोजिम पुरस्कारको घोषणा गरिएको हो ।

प्रारम्भिक छनोटमा परेका पाँच कृतिको सूचीमध्येबाट ‘नेपालका क्षेत्रगत विशिष्टता बोकेका विभिन्न पर्यटकीय गन्तव्यहरूप्रति दर्शाइएको उच्च सम्मान, आन्तरिक पर्यटन प्रवर्द्धनमा पुर्‍याउन सक्ने योगदान, ती क्षेत्रहरूको शाब्दिक पथप्रदर्शन र भूगोल तथा विकास प्रक्रियाको सुन्दर विम्बात्मक संयोजन’ गरी नेपाली नियात्रा साहित्यमा विकासको खोजी गर्ने स्रष्टा ‘किशोर’द्वारा लिखित ‘ग्रीष्मको नीलो बतास’लाई पुरस्कार प्रदान गर्न सिफारिस समूहले सिफारिस गरेको जनाइएको छ ।

सिफारिस समूहका संयोजक एवं नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, नियात्राकार श्रीओम श्रेष्ठ रोदन र पुरस्कार कोषका प्रतिनिधि पवन आलोकले विज्ञप्ति जारी गर्दै उक्त पुरस्कार आउँदो माघ १२ गते वसन्त पञ्चमीका दिन प्रदान गरिने जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC