site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाण्डे र चुडालबीच २२ वर्षदेखिको झगडा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय काठमाडौँ महानगरपालिकाका नगरप्रहरी सई लोकनाथ चुडालले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति भाइरल बनेको छ । 

महानगरका प्रमुख एसपी राजुनाथ पाण्डेविरुद्ध चुडालले अभिव्यक्ति दिएका थिए । जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । 

महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले नगरप्रहरी प्रमुखमा एसपी पाण्डेलाई नियुक्ति गरेसँगै उनको कार्यशैलीको प्रशंसा हुँदै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर ३० वर्र्षदेखि नगरप्रहरीको रुपमा सेवा गर्दै आएका चुडालले प्रमुख एसपी नेतृत्वले अत्याचार गरेको भन्दै मंगलबार राजीनामासमेत दिए । 

एसपी पाण्डेले गरेको अत्याचार सहन नसकेर आफूले राजीनामा दिएको बताएको भिडियो भाइरल भएको हो । पाण्डे नेतृत्वले सामान्य कमजोरी हुँदा पनि ‘तँ राजिनामा दे, तँ घर गैहाल, बिसञ्चो हुँदा पनि बिदा नदिने, आफूभन्दा जुनियर कर्मचारीलाई लात हान्न लगाउने’ लगायतका अत्याचार गर्ने गरेको चुडालले बताएका थिए । 

Global Ime bank

त्यस्तै सेतो घर बनाउने बेला २ लाख ५ हजार रुपैयाँ घुस खाने कुरामा पनि नगरप्रहरी संलग्न रहेको खुलासा गरेका थिए । 

नगरप्रहरी नेतृत्वभित्र सरुवामा चलखेल, लाखौँको बार्गेनिङ, घुसखोरी तीब्र रहेको र साना कर्मचारीलाई डसेर आफू राजा बन्ने गरेको समेत चुडालले आरोप लगाएका थिए ।  

“मैले राजिनामा दिइसकेँ । अरु तथ्यपरक प्रमाणहरु लिएर अब नागरिक भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निरन्तर निवेदन दर्ता गर्छु । अहिलेको मेयर–उपमेयरलाई मेरो बुताले भ्याएसम्म सहयोग गर्छु । तर दुईचारजनाको कारणले मेयर साहेब असफल हुने खतरा छ । टिप्पोणीका अंक गनेर कमिसन माग्नेहरुले बालेन शाहलाई बुझ्छ ?,” भाइरल भएको भिडियोमा उनले भनेका छन् । 

‘२२ वर्ष पहिले भएको झगडाको रिसइबी अहिले साधेँ’ 

२२ वर्ष अगाडि एसपी पाण्डे र आफ्नो झगडा हुँदाको रिसइबी अहिले नगरप्रहरी प्रमुख हुँदा साधेको बताएका थिए । 

“२२ वर्ष पहिले एउटा पिकनिकमा जाँदा हाम्रो झगडा भएको थियो । त्यतिबेला मैले टाउको फुटाइदिएको थिएँ । आज उहाँ नगरप्रहरी प्रमुख भएपछि त्यसबेलाको रिसइबी साँध्नुभयो । उहाँ नगरप्रहरी प्रमुख हो । मैले नमानेको कहाँ छ ?,” चुडालले भनेका छन्, “उहाँले कार्यभार सम्हालेपछि पनि तीन पटक बोलाएर तँ एउटा योद्धा होस्, काममा खट् म अन्याय हुन दिन्न भन्नुभएको थियो । मैले पनि भूमिका दिनुस् जस्तोसुकै काम गर्न पनि तयार छु भनेको थिए । तर पछि हामीलाई घुमाएर टचर हान्न थाल्नुभो ।”

तल्लो स्तरका कर्मचारीहरुको पीरमर्का नबुझ्ने, जहिले पनि काम भएन भन्ने किसिमको नेतृत्व पाउँदा नगरप्रहरीले उत्पीडन भोगिरहेको बताएका थिए । 

उनले मेयर र उपमेयरप्रति कुनै पनि असन्तुष्टि नरहेको पनि भिडियोमा स्पष्ट पारेका थिए । 

“मेयर साहेब आउनुभएको ९ महिना हुन लाग्यो । मैले पनि उहाँका हरेक काम कुराहरु सुक्ष्म ढंगले अध्ययन गर्छु । यत्तिको देशभक्त युवा कमै होलान । म मेयर साहेबको एउटा थर्डबाट प्रभाव भएर १६ घण्टा सडकमा त्यसै खटेको होइन ५३ वर्षको उमेरमा । एउटा युवा आएको छ मेरो टाउकोमा बस्ने त्यसलाई बल दिनुपर्छ भनेर लागिपरे । मेरो भूमिका प्रहरी संगठनमा थियो,” चुडालले भनेका छन्, “अब मेरो भूमिका बढ्न पनि सक्छ नागरिक तहमा । मैले उत्पीडनका कारण राजीनामा दिएको हो । थेग्न नसकेर । दिनभरी काम पनि गर्ने अनि अनावश्यक टचर पनि सहनुपर्ने पीडा पनि बोक्नुपर्ने त्यस्तो थेग्न सकिन्न । ३० वर्ष महानगरको सेवा गरेको हुँ ।”

नेतृत्वले भनेजस्तै आफूसँग जुनियर कर्मचारीलाई कुट्दै ल्याउने अधिकार नरहेको बताए । एसपी पाण्डेले आफूलाई ‘साइलेन्ट्ली’ टर्चर दिने गरेको पनि बताए । 

नगरप्रहरी नेतृत्वमाथि प्रश्न उठ्दा मेयर बालेन असफल हुने जोखिम रहेको पनि उनले बताएका थिए । आफू नागरिक तहबाट मेयर बालेन र उपमेयर सुनिता डंगोललाई सहयोग गर्ने बताएका छन् । 

२ लाख ५० हजार रुपैयाँ घुस एसपी राजुनाथ पाण्डेले नै खाए भनेर नभनेको चुडालले स्पष्ट पारे । 

“मैले राजुनाथ पाण्डेलाई नै दुई लाख खाए भनेर भनेको होइन । तर नगरप्रहरीमाथि ‘चार्ज’ आएको छ । यस्तो कुराहरुको अनुसन्धान हुनुपर्छ भनेको हुँ,” उनले भने ।  

आरोप पुष्टि गरेर देखाऊ, ठाउँको ठाउँ राजीनामा दिन्छु : एसपी पाण्डे  

चुडालले अनुशासनहीन अभिव्यक्ति दिएको भन्दै एसपी पाण्डेले जवाफ दिएका छन् । 

“चुडालले अराजक, गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । रामै्रसँग नाटक गर्न आउँदोरहेछ,” एसपी पाण्डेले भने, “सक्नुहुन्छ भने नगरप्रहरी संगठनलाई लगाएका आरोप पुष्टि गरेर देखाउनुस्, ठाउँको ठाउँ राजीनामा दिन्छु ।” 

प्रहरी संगठनभित्र रहेर आफूभन्दा ठुला नगरप्रहरीको कुरा काट्ने, नटेर्ने लगायतका काम चुडालले गरेको बताए ।

नगरप्रहरीको नियम नमान्ने, जथाभावी गर्ने लगायतका गतिविधि चुडालले गरेको पनि पाण्डेको दाबी छ । 

“सरकारी कर्मचारीले पाउने सेवा सुविधामा कुनै पनि कमी भएको छैन । बिरामी बिदा, कर्मचारीलाई अपमान गर्ने, सुत्केरी बिदा नदिने भन्ने नै हुँदैन । अनावश्यक झमेलामा परेँ,” एसपी पाण्डेले बाह्रखरीसँग भने । 


चुडाल अहिले आफ्ना परिवारसँग काठमाडौंमै छन् । आफूले नगरप्रहरीबाट राजीनामा दिएर नागरिक तहमा गइसकेकाले धेरै टिकाटिप्पोणी नगर्ने बताए । 

“सायद मेरो राजीनामा स्वीकृत भयो होला । अहिले परिवारसँगै छु । अब यो विषयमा धेरै टिकाटिप्पणी गर्न चाहन्न,” चुडालले भने । 
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement