site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ४७ वर्षको पर्खाइपछि उडानका लागि तयार
SkywellSkywell

बुद्ध र यतिको 'डेमो' उडान
विशन क्षेत्री
पोखरा । निजी वायुसेवा प्रदायक कम्पनी बुद्ध र यती एयरलाइन्सले बिहीबार नियमितझैँ पोखरा विमानस्थलबाट उडान गरे । पोखरा आसपासकै क्षेत्रमाथिको उडानपछि विमान सात मिनेटमा अवतरण भयो । अवतरण चाहिँ पोखरा विमानस्थलमा नभएर ४७ वर्षसम्म पोखरेलीले प्रतीक्षा गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भयो ।

एरो थाई कम्पनीले 'क्यालिब्रेसन फ्लाइट' गरेर विमानस्थल उडानका लागि योग्य रहेको प्रतिवेदन बुझाएको सात दिनमा नै ‘डेमो उडान’ गरिएको हो । डेमो उडानपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पोखराका मेयर धनराज आचार्यले भने, “यसमा सबै खुसी हुनुपर्छ, लामो समयपछिको सपना पूरा भएको छ ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकेर चिनियाँ कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरिसके पनि त्यसको सञ्चालन हुने नहुनेबारे द्विविधा थियो । कारण, विमानस्थल नजिकै ल्यान्डफिल साइट थियो र त्यसको अर्को व्यवस्थापन नहुँदासम्म विमानस्थल बनेतापनि सञ्चालनमा कठिनाइ थियो । फोहोरका लागि पंक्षीहरू पनि विमानस्थल माथिकै आकाशमा उडिरहन्थे, त्यसले विमानस्थलको सुरक्षा जोखिम बढाएको थियो ।

KFC Island Ad
NIC Asia

त्यसकारण व्यवस्थापन अन्यत्र गर्न पोखरा महानगरपालिकालाई निकै दबाब थियो । राष्ट्रिय गौरवको आयोजनालाई निर्वाध सञ्चालनको लागि फोहोर व्यवस्थापन टाउको दुखाइ बनेपछि स्थानीय सरकारको प्रमुख भएकाले पोखराका मेयर आचार्य पनि उत्तिकै दबाबमा थिए ।

महानगरले पुस ३ गतेदेखि विमानस्थल रहेको वडा पोखरा १४ स्थित बच्छुबडुवामा फोहोर फाल्न रोक लगाएको छ भने विमानस्थल सञ्चालनका लागि कटान गरिएको रिठेपानी डाँडाको माटो लगेर पुर्ने काम भइरहेको छ ।

Royal Enfield Island Ad

अल्पकालीन रूपमा फोहोर व्यवस्थापन कहाँ गर्ने भन्ने बारेमा शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिने मेयर आचार्यले बताए । उनले नै पोखरा विमानस्थलको लागि फोहोर व्यवस्थापनको चुनौती सकिएको दाबी गरे ।

यही विमानस्थलबाट पुस १७ अर्थात् अंग्रेजी नयाँवर्षदेखि उडान सुरु हुँदै छ । पोखराबाट काठमाडौंसहित देशका विभिन्न सहरहरूमा हुने उडान अब यही विमानस्थलबाट हुनेछ ।

यो त्यही विमानस्थल हो, जसका लागि पोखरेलीले आन्दोलन गरे, रिले अनशन गरे, संघर्षका कार्यक्रम नै गरे । अन्तत, ४७ वर्षपछि त्यो संघर्षले सार्थकता पाएको छ ।

०३२ सालमा तीन हजार १०० रोपनी जग्गा अधिग्रहण गरेर त्यतिबेला परिकल्पना गरिएको विमानस्थल अहिले आएर उडान भर्न तयार छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा औपचारिक रूपमा १७ गतेदेखि यो विमानस्थल प्रयोगमा आउनेछ । विमानको डेमो उडानपछि बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले अन्तर्राष्ट्रिय उडान पनि गर्ने जानकारी दिए ।

“अहिले हामीले डोमेस्टिक एयरपोर्टबाट पाँच मिनेटको उडान गरेका हौँ । अब अन्तर्राष्ट्रिय टेकअफ पनि गराउँछौँ,” उनले भने । बुद्धले पहिलो उडान भारतको बनारसबाट गर्ने तयारीसमेत गरेको छ । जनवरी १ मा भारतको बनारसबाट उडान भर्ने योजना रहेको उनले सुनाए । नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपनि भारतले भने स्वीकृति दिइसकेको छैन । 

उनले भने, “हामीले अन्तर्राष्ट्रिय उडान भारतको बनारसबाट गर्ने तयारी गरेका छौं । नेपालबाट स्वीकृति पाइसकेका छौँ तर भारतबाट अहिलेसम्म केही जानकारी पाएका छैनौँ । दिल्लीमा हामीले निवेदनसमेत दिएका छौँ । हामीलाई रुटको समस्या हो भारतबाट स्वीकृति पाएमा उडान सुरु गर्छौं ।”

उनका अनुसार भारतको दिल्ली, बनारस, देरादुनलगायत सहरबाट उडान भरिनेछ । अनुमति पाएमा जनवरी १ मा पोखरा–बनारस डेमो उडान भर्ने र मार्चदेखि नियमित उडान गर्ने योजना रहेको उनले जानकारी दिए ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आफूहरूले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको जानकारी दिए ।

पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतमले यो विमानस्थल विभिन्न देशहरूसँग सिधा सम्पर्कमा जोडिँदा यहाँको पर्यटनदेखि अर्थतन्त्रमा टेवा पुग्ने बताए । पोखराको मार्केटको बारेमा 'टार्गेट ग्रुप'हरूलाई डाटा दिइएको उनले बताए ।

“एयरपोर्टको टार्गेट ग्रुप भनेको पर्यटक नै हुन् । पर्यटक दुई खालका छन्, एउटा प्रकृतिसँगको सानिध्यमा रमाउन चाहने हुन्छ । यो पोखराको परिचय पनि हो,” उनले भने, “अर्को चाहिँ धार्मिक पर्यटक हुन् । मुक्तिनाथको कुरा छन्, गलेश्वधामका कुरा छन्, यी सबै कुराहरू 'एक्सप्लोर' गर्नुपर्‍यो ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स, फ्लाई दुबईलगायतले उडानमा चासो राखेको उनले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गत विमानस्थलको शिलान्यास गरेका थिए । गत जुलाई १० मा काम सक्नेगरी विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सीएएमसीईले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो । कोरोना कालमा पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पूरा भएपछि गत चैत तेस्रो साता नेपाललाई हस्तान्तरण गरेको थियो ।

विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन् । यी जहाज २०० सिट भन्दा कम यात्रु क्षमताका हुन् । यो विमानस्थलले तीनवटा ठूला र आठवटा साना गरी ११ वटा जहाज पार्किङ गर्न सक्छ ।

विमानस्थलको धावनमार्ग २,५०० मिटर र चौडाइ ४५ मिटर तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ । विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६१० जना यात्रु व्यवस्थापनको क्षमता छ । १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको आयोजनाले बताएको छ ।

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागेको अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro