
काठमाडौं । साताको अन्तिम करोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक २.०८ अंकले २६५८.०२ विन्दुमा बन्द भएको छ ।
आज सात अर्ब ८७ करोड ९३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका ८३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १६१ कम्पनीको सेयर मूल्य घटेको छ । आज युनिलिभर नेपालको सेयर मूल्य स्थिर छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ७.१२ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये वाणिज्य बैंक, हाइड्रोपावर, इन्भेस्टमेन्ट, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।