site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालेनको ‘डोजर एक्सन’ले पनि सुधार भएन काठमाडौंको पार्किङ समस्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइतबार काठमाडौं महागरपालिकाको अवैध पार्किङका सवारी साधन ‘लोड’ गर्ने गाडी स्थानीयले ४ घण्टासम्म कब्जामा लिए । निजी जग्गामा पार्क गर्दा पनि नगरप्रहरीले सवारी साधन उठाएपछि अनामनगर क्षेत्रका सवारीधनी नगरप्रहरी र ट्राफिक प्रहरीको विरोधमा उत्रिए ।

महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले निजी जग्गामा सवारीसाधन पार्क गर्न पनि नक्सापास चाहिने भन्दै अभिव्यक्ति दिँदा स्थिति तनावग्रस्त बन्यो । नगरप्रहरी प्रमुख एसपी पाण्डेले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रतिवादमा उत्रिएका स्थानीयले उनको अभिव्यक्तिले आफूहरुलाई उत्तेजित बनाएको भन्दै विरोध गर्न बाध्य भएको बताए । 

आफ्नो निजी जग्गामा कसैको हस्तक्षेपबिना पार्किङ गर्न पाउने स्थानीयको माग थियो । तर, नगरप्रहरीले अवैध रुपमा सडकपेटीमा राखेका सवारीसाधनलाई उठाएको दाबी गर्यो । सो क्षेत्रबाट उठाइएका मोटरसाइकल काठमाडौं उपत्यका ट्राफिक कार्यालय पु¥याइयो । उनीहरुलाई जरिवाना तिराएर सवारीसाधन फिर्ता पठाइयो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, केही समय पहिले महानगरले बागबजार क्षेत्रका सडकपेटीमा पार्किङ गर्न नदिएको भन्दै व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए । आफूहरुलाई एकलाइन भए पनि सवारी पार्किङ दिनुपर्ने वा महानगरले विकल्प दिनुपर्ने माग व्यापारीको छ ।

काठमाडौं महानगरपालिका र काठमाडौं ट्राफिक प्रहरी कार्यालयको समन्वयमा लामो समयदेखि फुटपाथ तथा सडकपेटीमा राखिएका सवारीसाधन उठाउँदै जरिवाना तिराउने गरिएको छ ।  

Global Ime bank

तर, काठमाडौंमा पार्किङको समस्या दीर्घकालीनरुपमा समाधान भने हुन सकेको छैन । महानगरका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वले गत साउन १ गतेदेखि व्यापारिक कम्प्लेक्सका अवैध टहरामा डोजर चलाएर बेसमेन्ट खाली गराएको थियो ।

सरकारी निकाय राहदानी विभागदेखि अल्फाबिटा कम्प्लेक्सम्म डोजर चलाए पनि काठमाडौंको पार्किङ समस्या भने पहिलेभन्दा केही फेरिएको छैन । तामझामका साथ डोजरसहित मैदानमा उत्रिएको बालेन नेतृत्वको समूहले हाल अन्डरग्राउन्ड पार्किङ अनुगमनसमेत गर्दैन ।

अव्यवस्थित पार्किङकै कारण चाबहिल, बौद्ध, जोरपाटी, कोटेश्वर, एयरपोर्ट, गौशाला, बालाजुु, बसपार्कलगायत क्षेत्र अस्तव्यस्त छ । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा सुरु गरिएका स्मार्ट पार्किङ पनि अतपत्र परेको छ । 

नक्साविपरीत प्रयोगमा ‘बेसमेन्ट’

सञ्चयकोषको स्वामित्वमा रहेको सुनधारास्थित काठमाडौं मलमा पार्किङका लागि नक्सापास गरिएको संरचना अन्य प्रयोजनमा रहेको भेटिएको थियो । मलको दुईतला पार्किङ प्रयोजनमा ल्याउने गरी नक्सापास गरेको भए पनि व्यापारिक प्रयोजनमा रहेको खुलेको थियो । भूइँतला र बेसमेन्ट पार्किङ प्रयोजनमा नआएको पाइएपछि महानगर र मलबीच सहमति भएको थियो । तर, अहिलेसम्म सो मलको दुईतला पार्किङ प्रयोजनमा आउन सकेको छैन ।

एसपी पाण्डेले मलको भूइँतला पार्किङ प्रयोजनमै रहेको बताए । “भूइँतला पार्किङ प्रयोजनमै छ । माथिल्लो तलाको नक्सापास गरेको छैन । पार्किङ प्रयोजनमा ल्याउन पहल भइरहेको छ,” एसपी पाण्डेले भने ।

इता, वसन्तपुर विशालबजार, महर्जन कम्प्लेक्सलगायत दर्जनौँ व्यापारिक कम्प्लेक्सको बेसमेन्ट व्यापारिक प्रयोजनमै छन् । आफूहरुले नगरप्रहरीको १० वटा कामहरु अन्तर्गत निष्पक्षरुपमा सडकपेटीको पार्किङ हटाउने काम गरिरहेको नगरप्रहरीको दाबी छ । लाजिम्पाट, सामाखुसी, दरबारमार्ग, न्युरोड, प्रदर्शनीमार्गलगायतका सडकहरुमा पार्किङ समस्या सुधार हुँदै आएको एसपी पाण्डले बताए । 

ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा मात्रै ९४ हजार १० सवारी साधनलाई कारबाही गरिएको छ । ट्राफिक प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार ४१ हजार ९०५ सवारी साधन सडक–फुटपाथमा पार्क गरेकै कारणले जरिवानामा परेका छन् । त्यस्तै, ह्विल लक, चेन लक कारबाहीअन्तर्गत ५२ हजार १०५ सवारी रहेका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षमा ४३ हजार १४४ जना सवारी साधन कारबाहीमा परेका छन् । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा ४ हजार २१५ सवारी साधनलाई कारबाही गरेको छ । 

प्रवक्ता भट्टले सडकमा सवारी पार्किङ गर्न नदिने र पार्किङस्थल देखाइदिने काम भइरहेको बताए । उनले स्थानीय तहले सवारी पार्किङको व्यवस्था गर्नुपर्ने बताए । भने, “स्थानीय तहले पार्किङको व्यवस्थापन गर्ने हो । सडकमा पार्क गर्न मिल्दैन ।”

उपत्यकाको पार्किङ समस्या र सवारी जामको समस्यालाई समाधान गर्नको लागि खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ बनाउने गरी सम्भाव्यता अध्ययन अघि बढाइएको महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बताए । तर, राजनीतिक, सांस्कृतिक महत्व बोकेको खुलामञ्चमा बेसमेन्ट पार्किङ बनाउने निर्णय गलत भएको भन्दै विरोध पनि भइरहेको छ । विरोधमा महानगरका वडाध्यक्षहरु नै देखिएका छन् । 

“सडकमा पार्किङ गर्नै पाइँदैन । दिनभर नगरप्रहरी टोली अपरेसनमा खटिन्छ । बागबजार, प्रदर्शनीमार्ग, न्युरोडलगायतका क्षेत्रमा हुने सडक पार्किङ हट्दै गएको छ,” एसपी पाण्डेले भने, “सडकपेटीका सवारी साधन उठाउने मात्रै होइन । अन्य विकल्पमा पनि छलफल भइरहेको छ ।”

महानगरले व्यापारिक कम्प्लेक्समा खाली गराएका बेसमेन्टको शुल्क महँगो भएको गुनासो आएको जनाएको छ । पार्किङ समस्या समाधानका लागि त्यसमा एकरुपता ल्याउने गृहकार्य भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement