देश
काठमाडौं । डिल्ली पाण्डे । ललितपुरको वुद्ध विहारबाट ४ सय वर्ष पुराना वुद्धका मूर्ति चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
साउन १० गते ललितपुरको नौदोबहालस्थित वुद्ध विहारबाट ४ सयवर्ष पुरा मूर्ति चोर्ने काभ्रे भिमपोखरी ३ का गणेश श्रेष्ठ, बनेपाका मिनबहादुर खत्री र रामेछाप गाउँसराका मिनबहादुर मगर पक्राउ परेका हुन् ।
प्राचिन ४ सय वर्ष पुराना २ वटा मूर्ति र देवताका गहनाहरू चोरी गर्ने तीन जनालाई नै पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले बताए ।
उनका अनुसार पक्राउ परेका गणेश श्रेष्ठ व्यवसायिक चोर हुन् । उनी चोरी गरेका सामान आफैँ बेच्ने भन्दा पनि उनी भाडामा चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
राति पानी परिरहेका बेला पहिला पर्खाल फोरेर भित्र छिरेको र ६ वटा ढोका पार गर्दै मुख्य बिहारमा भएको मूर्ति चोरी गरेको एसएसपी अधिकारीले बताए ।
उनले भने,“चोरी गर्ने श्रेष्ठ पटके चोर हैनन् । उनी व्यवसायिक र भाडामा प्रयोग हुने चोर हुन् । उनीहरूको योजना भन्दा पनि अरूले बनाएको योजनामा चोरी गरेका हुन् ।”
श्रेष्ठले चोरी गर्नुपुर्व ३५ हजार पेस्की लिएको प्रहरीले जनाएको छ ।
एसएसपी अधिकारीले भने, “चोरी गर्ने तरिका निकै नयाँ र चलाखी पूर्ण छ । ६वटा कोठा र तिनीहरूमा लगाएका पुराना ताल्चाहरु एकपटकमै काटिएका छन् ।”
प्रहरीले चोरीका तीन अभियुक्तलाई पक्राउ गर्नासाथ चोरी भएका मूर्तिहरु गुम्बा परिसरमा झोलामा ल्याएर फालिएको थियो ।
प्रहरीका अनुसार ४ सय वर्ष पुराना मूर्ति गणेशको समूह आफँैले बेच्ने गरी चोरी गरेको होइन । “गणेशको समूहको जिम्मा चोरी गर्ने थियो,” अधिकारीले भने,“त्यसपछि अरूको चोरीका मूर्ति विदेशीलाई बेच्ने ब्यवस्था मिलाउने जिम्मा रहेछ ।”
पक्राउ परेका मिन केसीको जिम्मा चोरी भएका मूर्तिहरू बिक्री गर्न विदेशी समूह खोज्ने रहेको प्रहरीले जनाएको छ । मानबहादुर मगरको जिम्मा चोरी गरेका मूर्ति भनेको स्थानसम्म पुर्याउने मात्र रहेको प्रहरीले जानकारी दियो ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३ १७:०२
प्रतिक्रिया दिनुहोस्