site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय गरेको छ । यो जनादेशको उपहासका साथै सत्ता लोलुपताको उदाहरण हो । यसपटक माओवादी केन्द्रलाई जनताले सत्ताको नेतृत्व गर्ने जनादेश दिएका छैनन् ।
 
माओवादी केन्द्रका प्रवक्ताले सत्ताको नेतृत्व पाए जोसँग मिल्न पनि सकिने निर्णय भएको बताएका थिए । महासचिवले भोलिपल्ट ‘गठबन्धन छाड्ने निर्णय नभएको’ भनेर प्रवक्ताको भनाइ संशोधन गरे पनि सत्ताको ‘नेतृत्व’ लिने प्रपञ्चको खण्डन गरेनन् ।
 
गठबन्धन छाडे पनि नछाडे पनि संसद्को तेस्रो र निर्वाचनमा अपेक्षाकृत असफल दलले सरकारको नेतृत्व गर्ने कसरत थाल्नु नै संसदीय परम्परा र लोकतान्त्रिक संस्कारविपरीत हो । माओवादी केन्द्रको यस निर्णयले निर्वाचनमा व्यक्त जनादेशको अपमान गरेको छ ।
 
प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको छ । समानुपातिक मत नेकपा ९एमाले०ले सबैभन्दा धेरै पाएको छ । माओवादी केन्द्र भने प्रत्यक्ष र समानुपातिक दुवैतिर खुम्चेको छ । यसैले  कांग्रेस वा एमालेबाहेक अरू दलले सरकारको नेतृत्व गर्ने प्रयास गर्नु अलोकतान्त्रिक हुन्छ ।
 
कांग्रेस वा एमालेले सरकार बनाउनै नसकेमात्र कुनै अर्को दलको नेतृत्वमा सरकार बनाउने बाटो खोल्छ । परन्तु, त्यसो गर्नु जनादेशको उपहास त हुँदै हो विगतका यस्ता प्रयास विकृतिका कारक बन्न पुगेका अनेकौं उदाहरण छन् ।  
 
नेपालको संसदीय इतिहासमा २०५३ सालपछि केही समय यस्तै विकृत अभ्यास भएको थियो । संसद्को तेस्रो दल राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई ठूला दल एमाले र कांग्रेसले पालैपालो प्रधानमन्त्री बनाएका थिए । 
 
फलस्वरूप, नेपालको राजनीतिमा कुख्यात ‘सुरासुन्दरी’, ‘राज्यको संरक्षणमा तस्करी’, ‘सांसद किनबेच’जस्ता काण्डहरू भए । शासन प्रणाली नै बदनाम भयो । त्यसका पात्रहरू र देख्ने भोग्ने धेरै अझै जिउँदैछन् । अन्ततः जनादेशको अपमानको ‘पाप’ सबैले भोगे ।  
 
मुलुकलाई त्यही बाटामा लैजाने दुश्चेष्टा हुन लागेको संकेत माओवादी केन्द्रको निर्णयले गरेको छ । यसरी जनादेशको उपेक्षा गर्ने हो भने किन निर्वाचन गर्ने रु जनादेशको अपमान हुन नदिन मूलतः कांग्रेस र एमालेका नेताहरूले राजनीतिक अडान र इमानदारी देखाउन् । 

शीर्ष भनिएका नेताहरू पदको लोभ र अहम् तुष्टिका लागि जस्तोसुकै सम्झौता पनि गर्न सक्छन् । उनीहरूका लागि सम्भवतः यही निर्वाचन अन्तिम हो । तर, अरूले त देशको माया नगरे पनि आफ्नै भविष्यका लागि समेत लोकतान्त्रिक निष्ठा बचाउने कर्तव्य पूरा गर । जनादेशको उपहास जनताकै अपमान हो ।
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC