site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा थप बढ्यो वायु प्रदूषण
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार (आज) वायु प्रदूषण थप बढेको छ । बिहीबार (हिजो)को तुलनामा आज वायु प्रदूषण बढेको हो ।

उपत्यकाका रत्नपार्क, खुमलटार, भक्तपुरलगायत स्थानमा शुक्रबार बिहान ११ः४५ बजे वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५२ देखि १६१ सम्म छ । वातावरण विभागको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा यी स्थानको औसत एक्यूआई १५९ पुगेको थियो ।

काठमाडौंको वायुमा शुक्रबार दिनभर पर्टिकुलेट म्याटर (पीएम) २.५ को मात्रा बढ्दै जाने र साँझ ७ बजे १२०.४३ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने विभागले बताएको छ ।

शुक्रबार ११ः४५ बजे पीएम २.५ सबैभन्दा बढी ललितपुुरको खुमलटारमा ६४.६ छ । पीएम २.५ को मात्रा पाँच माइक्रोग्राम  प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

पाकिस्तान र भारतको वायु प्रदूषणको प्रभाव र स्थानीय चिसोका कारण नोभेम्बर पहिलो सातायता काठमाडौंसहित तराईका अधिकांश जिल्लामा वायु प्रदूषण बढेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro